हिमचुली सहकारीको खांडाचक्र नगर उपप्रमुख बिष्ट द्वारा साधारणसभा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लिको १३ औं वार्षिक साधारणसभा शुरु भएको छ । केन्द्रिय कार्यालय अन्तरगत मान्म सेवा कार्यालय स्तरीय साधारणसभाको खांडाचक्र नगर उपप्रमुख बिजया बिस्टको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । जिल्लाको खाडाचक्र नगरपालिकाको वडा नम्बर १ देखि ४ र ११का साथै  शुभकालिका गाउँ पालिका सहितका वडबाट सदस्यहरुको सहभागिता रहेको बताइएको छ । मान्म सेवाकार्यालयका ब्यबस्थापक दन्त तिरुवाका अनुसार १३ औं वार्षिक साधारणसभामा अन्तिम साधारणसभा माइन्युट हस्ताक्षर तथा सेवा कार्यालय ब्यबस्थापन समितीको समेत गठन गरिने बताइएको छ । जिल्लाका नौ वटा सेवा कार्यालय स्तरीय साधारणसभा गरेर अन्तिममा केन्द्रिय कार्यालयको साधारणसभा हुने भएको छ । जिल्लामा १३ हजार सदस्य रहेको सहकारीका कर्जा प्रवाह,कृषि बजारीकरण,डेरी,रेमिटेन्स लगाएतका काम गर्दै आएको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ ।साधारणसभामा अध्यक्षको प्रतिबेदन काली बहादुर महताराले प्रस्तुत गर्नु भएको छ भने लेखा समिती संयोजक धनलाल अधिकारीले समेत प्रतिबेदन प्रस्तुत गर्नु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित