नेपालि सेना दिवसका अवसरमा बुष्ट खोप लगाउनेको संख्या बढे

7
SHARES
15
VIEWS

कालीकोट । नेपालि सेना दिवसका अवसरमा लगाइएको कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या बढेको छ । नेपालिका सेनाको शम्सेर दल गुल्म मान्म अन्तरगत सदरमुकाम मान्ममा बुष्ट डोज खोप लगाउन थाले संगै धमाधम संख्या बढ्न थालेको छ ।  नेपालि सेना शम्सेर गुल्म मान्म व्यारेकका मेजर निरज प्रताप राणाका अनुसार हाल सम्म १सय८०को संख्यामा खोप लगाइएको र अन्य खोप लगाउन आउनेको संख्या बढेको बताउनु भएको छ । वहाँका अनुसार फागुन १७ गते देखि शुरु भएको खोप नरहरिनाथमा गएर सम्पन्न हुने बताउनु भएको छ ।

नेपालि सेनाको आयोजना र जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको समन्वयमा शुरु भएको खोप अन्तरगत ३ सय डोज नेपालि सेनाले उपलब्ध गराएको बताइएको छ । खोप लगाउन पाउँदा आफुहरु खुशि भएको स्थानिय अर्चना पाण्डेले बताउनु भयो ।

पछिल्लो समयमा जिल्ला स्वस्थ्य कार्यालयले गाउँ गाउँमा बुष्ट डोज खोप लगाउन थालिए संगै नेपालि सेनाले खोप लगाउने कार्यले स्थानियमा खुशियालि छाएको बताइएको छ ।

रास्कोट नगरपालिकाका दन्त तिरुवाले नेपालि सेनाले समुदायको हितका लागि खोप कार्यक्रम प्रभावकारी हुने र सबै समुदाय स्तरमा यस अभियानलाई विस्तार गर्नु पर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित