कालीकेटका ३१ जना द्धन्द्धपिडित शिक्षकले राहत पाउने

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा नेकपा(माओवादी)ले थालेको जनयुद्धका क्रममा कालीकोटका ३१ जना स्थायि र अस्थायि शिक्षकले राहत पाउने भएका छन ।

जनयुद्धमा होमिएका शिक्षक तथा द्धन्द्धको क्रममा पिडित पिडित भएर राज्य द्धारा विस्थापित बनाइएका शिक्षकहरुमा १३ जना स्थायि र १८ जना अस्थायि गरेर ३१ जना मध्ये स्थायि शिक्षकहरु पुनरवहालि हुने र अस्थायि शिक्षकहरुले राहत पाउने बताइएको छ । लामो समयको संघर्ष पछि सर्वाेच्च अदालतले फैसला संगै नेपाल सरकार मन्त्रीपरिषदको फागनु १६ गतेको निर्णय अनुसार द्वन्द्वपिडित शिक्षक कर्मचारी हरुको पूनरबहाली सम्बन्धि निर्णय भएको बताइएको छ।

उक्त राहतका लागि आवश्यक विवरण पेश गर्न सुचना जारी गरेको द्वन्द्वपिडित शिक्षक संघर्ष समिति कालीकोटका संयोजक हर्क बहादुर शाहीले बताउनु भएको छ । कालीकोटको महाबै गाउँ पालिकाका सर्पराज सिंहको अगुवाईमा भएको संघर्षका क्रममा सर्वाेच्च अदालतमा मुद्धा दायर गरिएको थियो ।

कालीकोट जिल्लामा जनयुद्धका क्रममा गाउँ गाउँका शिक्षकहरुले पढाउने वातावारण नभएपछि समस्या आउदा कयौं शिक्षक राज्य पक्षबाट पिडित बनेका थिए ।लामो समय पछिको संघर्षका कारण आफुहरुको पुनरवहालि हुंदा राहतको महसुस भएको शिक्षक छत्र बमले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित