कालीकोट । विद्युत लाइन परिक्षण प्रशारणका कारण एक हप्ता कालीकोट अन्धकार हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रले एक सुचना जारी गर्दै दैलेख जिल्लाको दुल्लु देखि कालीकोट सम्म ३३ केभि प्रशारण लाइनमा परिक्षण प्रशारण गर्न भएको बताइएको छ । उक्त लाइन परिक्षणका कारण शनिबार देखि शुक्रबार अर्थात फागुन २१ देखि २७ गते सम्म विहान ९ वजे देखि सांझ ६ वजे सम्म विद्युत प्रशारण बन्द हुने भएको छ ।
सो समयमा विद्युत लाईन प्रशरणमा पिन तथा डिस सट् हुन सक्ने भएकाले पोल स्टेमा छुन समेत रोक लगाईएको छ ।
कालीकोट जिल्लामा तत्कालिन उर्जा तथा वातावरण मन्त्रि महेन्द्र बहादुर शाहीको पहलमा कालीकोट हुंदै जुम्ला सम्म विद्युतको राष्ट्रिय प्रशारण लाइन विस्तार भएको थियो ।
Discussion about this post