कालीकोट। नेकपा(माओवादी केन्द्र)को सहायक संगठन वाइसीएल कालीकोटले ९ हजार युबालाइ आवद्ध गर्ने भएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर कार्यक्रम गर्ने निर्णय गरेको हो । शनिबार बसेको तेस्रो बिस्तारित बैठकले पालिका स्तरमा युवा प्रदर्सन तथा अभियान संचालन गर्ने र प्रत्येक पालिकाले एक हजार सदस्यता बितरण गर्ने बताइएको छ । वाइसीएल नेपालका जिल्ला संयोजक हस्त शाहीका अनुसार पालिकामा श्रम सहकारी मार्फत श्रममा जोडिने बताउनु भयो ।कालीकोट जिल्लाका हरेक निर्वाचन मतदान केन्द्रमा एक सय देखि २ सय युबा परिचालन गर्ने समेत बताइएको छ । वाइसीएल केन्द्रिय सदस्य तथा कर्नाली प्रदेश इन्चार्ज गौरव,कर्नाली प्रदेश अध्यक्ष बिद्रोही लगाएतका नेताहरुको उपस्थिति रहेको बैठकमा पालिका स्तरमा भए गरेका गतिविधिको रिपोर्ट प्रस्तुत गरिएको बताइएको छ।
Discussion about this post