सुर्खेत घटना लगाएतका मृतक प्रति नेकपा(माओवादी केन्द्र)कालीकोट द्धारा दुख व्यक्त

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कालीकोटले सुर्खेतमा मृत्यु भएका कृष्ण हमाल(मिनि) लगाएत कालीकोटका विभिन्न ठाउँमा मृत्यु भएका ४ जना प्रति दुख व्यक्त गरेको छ ।

जिल्ला समवय समिति कालीकोटका संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र) द्धारा हस्ताक्षरित शोक वक्तव्यमा जिल्लाको तिलागुफा नगरपालिका ७ निवासि नगर प्रमुख रतन बहादुर शाही(आशुतोष)का बुवा पैल बहादुर शाही,सोही वडा निवासि कल्चु रावत,सान्नित्रिवेणि गाउँ पालिका ४ निवासि गोविन्द शाही सहित सुर्खेतमा प्रहरीको कुटाईमा मृत्यु भएका कृष्ण हमाल(मिनि) सहितका मृतक प्रति समबेदना प्रकट गरेको छ ।

जिल्लाका अभिभावकका रुपमा रहेका ३ जनाको मृत्युले पार्टीलाई क्षति पुगाएको उल्ले्ख गरिएको छ ।

त्यसै गरी सुर्खेतमा अकल्पनिय घटनाबाट कृष्ण हमाल(मिनि)को मृत्यु रहस्यमय भएकाले सो घटनाको सत्य तथ्य छानविनका लागि जोडदार माग समेत गर्नुका साथै पिडितलाई उचित राहतको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित