आउँदो स्थानिय तहको निर्वाचनमा सर्वसम्मत उम्मेद्धारलाई पहिलो प्राथमिकता-शैलेन्द्र

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कालीकोटका संयोजक लक्ष्मि चौलागाँई(शैलेन्द्र)ले आउंदो स्थानिय तहको निर्वाचनमा वडा देखि जिल्ला सम्म सर्वसम्मत नेतृत्व नै उम्मेद्धारी हुने बताउनु भएको छ । कर्नालि संचार संग कुरा गर्दै जिल्ला समन्वय समिति कालीकोटको संयोजक शैलेन्द्रले वडा स्तरमा सबै कार्यक्रताबाट सर्वसम्मत भएर आउने पार्टी नेता कार्यक्रतालाई टिकट दिने बताउनु भएको छ ।

विगतको शिक्षा लिदै आगामि दिनमा जनताको पक्षमा काम गर्ने उम्मेद्धार नै विजयि हुने भएकाले माथिल्लो कमिटिबाट हस्तक्षेप तथा टिके प्रथाको अन्त हुने बताउनु भएको हो । वहाँले अगाडी भन्नु भयो हामी कालीकोट जस्तो जनयुद्धको आधार किल्लामा रहेका नेता तथा कार्यक्रताले विगतमा पनि हामी(माओवादी)हरुको बाहुल्यता रहेको र भोलिका दिनमा समेत त्यो अवस्था कायम रहने ठोकुवा गर्दे विगतको सत्ताको नेतृत्वमा पुगेका नेताहरुबाट भएका कमिकमजोरी भएपनि त्यसको समिक्षा गर्दै शहिद परिवार,घाईते तथा वेपत्ता परिवार जनको हितमा भोलिको नेतृत्वले सरकार मार्फत काम गर्ने विश्वास लिएको बताउनु भएको छ ।

जिल्ला संयोजकको जिम्मेवारी लिएको एक महिना भित्र जिल्लाको अवस्था के छ भन्ने प्रश्नमा शैलेन्द्रले पार्टी प्रतिको माया ममता जनता तथा कार्यक्रतामा रहेको सद्भाव र रचानात्मक सुझावलाई आत्म साथ गर्दै सहि ढंगले अघि बढाउनका लागि आफुले पार्टी संगठन जिवन्त राख्न हरदम लागि पर्ने स्पष्ट पार्नु भएको छ । संयोजक शैलेन्द्रले पार्टीका हरेक संगठनमा स्तर अनुसारका प्रशिक्षण तथा योजनाबद्ध स्कुलिङ र उत्पादन संग जोडिन कार्यक्रम गर्ने समेत बताउनु भएको छ ।

हरेक क्षेत्रमा उत्पादन र पार्टी निर्माणमा टोलि विभाजन तथा कार्यजिम्मेवारीबाट संगठन अघि बढाउदै जनताका आशा अपेक्षा पुरा गर्दै जाने समेत संयोजक शैलेन्द्रले दावि गर्नु भएको छ । लामो समय युवाको नेतृत्व गर्दै आउनु भएका चौलागाई गएको महिना कालीकोट जिल्लाको संयोजकको जिम्मेवारी पाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित