माओवादी केन्द्रिय समिति बैठक सम्पन्न,कसले पाए प्रदेशको जिम्मेवारी (नाम सहित)

7
SHARES
15
VIEWS

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज सहित अन्य विभागिय इन्चार्ज तोकेर बैठक सम्पन्न भएको छ ।

सोमबार सम्पन्न बैठकले सुदूरपश्चिम प्रदेश इन्चार्जमा खगराज भट्ट, कर्नालि प्रदेशको इन्चार्ज कालीबहादुर मल्ल, लुम्बिनी प्रदेशको इन्चार्ज चक्रपाणी खनाल,गण्डकी प्रदेशको इन्चार्जमा हितराज पाण्डे, वागमती प्रदेश इन्चार्जमा हितमान शाक्य, मधेश प्रदेशको इन्चार्जमा गणेश शाह र प्रदेश १ को इन्चार्जको जिम्मेवारी राम कार्कीलाई तोकिएको छ। त्यसै गरी उपत्यका प्रदेशको जिम्मेवारी भने लिलामणि पोखरेललाई तोकिएको छ ।अन्तर्राष्ट्रिय संगठनहरूको इन्चार्जको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिइएको छ भने सम्पर्क मञ्चको इन्चार्ज डिलाराम आचार्यलाई दिएको नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य अनिल शर्माले बताउनु भयो ।उनका अनुसार पदाधिकारी लगाएत अन्य जिम्मेवारी र एमसिसिका बारेमा आगामि जेष्ठ २० गतेको केन्द्रिय समितिले टुंगो लगाउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित