माओवादी केन्दले पालिका स्तरमा घोषणा पत्र बनाउने

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को केन्द्रिय समिति बैठकले समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार भन्ने मुल नारा तय गरेको छ ।

आगामि स्थानिय निवार्चनलाई मध्य नजर गर्दैपालिका स्तरमा घोषणा पत्र तयार गर्ने देखि सांस्कृति टोलि समेत बनाउने भएको छ । नेकपा(माओवादी केन्द्र)ले स्थानिय निर्वाचनलाई लक्षित गरेर आठ योजनाका साथ उक्त नारा तय गरेको हो ।

त्यसै गरी स्थानिय चुनावमा केन्द्रित हुने गरी चुनावि नारा समेत तय गरेको बताइएको छ ।
यस्ता छ आठ योजना :

१‍. प्रभावकारी प्रचार संयन्त्र–नगर गाउँपालिकामा प्रचार शाखा बनाउने । सामाजिक सञ्जालमा प्रचार समूह बनाउने । व्यापक प्रचार प्रसार गर्ने । केन्द्रमा पनि आईटी टीम बनाउन,आर्थिक सामाजिक र राजनीतिक अवस्थाको रिपोर्ट बनाउने । आवश्यक रणनीति बनाउने

२.२१ औँ शताब्दीको समाजवादको नेपालीकरण र समृद्धिको कार्यक्रम अनुरूप पालिकास्तरमा घोषणापत्र बनाउने । तोकिएको मापदण्डका आधारमा उम्मेदवारको सूची बनाउने ।
३.संगठन सुदृद्धिकरण र विस्तारसम्बन्धी कार्ययोजना बनाउने, सबै तहका कमिटीलाई पूर्णता दिने । स्थानीय तहमा आवश्यक विभागहरू गठन गर्ने । घरघरमा सदस्य, टोल टोलमा सदस्यता अभियान चलाउने ।

४.व्यवस्थापकीय कार्यक्रम,राजनीतिक प्रशिक्षण । स्वयम्सेवकहरुलाई गाउँ टोलमा खटाउने ।

५. गठबन्धनका घटकहरूसँग चुनावी तालमेल गर्न वार्ता र संवादको थालनी गर्ने ।

६. राजनीतिक तथा प्रशासनिक समन्वय,चुनावबारे अन्य पार्टीसँग समन्वय गर्ने । अभियान टोली र पालिकासँग समन्वय गर्ने । सांस्कृतिक टोलीको समयतालिका बनाउने ।

८.अध्ययन, संश्लेषण तथा विश्लेषणसम्बन्धी कार्यक्रम,आर्थिक सामाजिक र राजनीतिक अवस्थाको रिपोर्ट बनाउने । आवश्यक रणनीति बनाउने ।

चुनावी नाराहरु

यस्तै माओवादीले केन्द्रीय समितिको बैठकबाट विभिन्न चुनावी नारा पनि तय गरेको छ । जसअनुसार प्रमुख चुनावी नारा यस्ता छन्–

–गाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँ ।

–माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व

–नेपाली जनक्रान्तिको अमूल्य उपहार, संघ प्रदेश र स्थानीय जनसरकार

–सबैखाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तको उपलब्धिको रक्षा र विस्तार गरौँ

–श्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि

–विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित