रास्कोट कला साँस्कृतिक प्रतिष्ठानको कार्यालयमा तोडफोडको प्रयास

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा एक उछृंखल समुहबाट रास्कोट कला तथा सांस्कृतिक प्रतिष्ठानको कार्यालयमा तोडफोडको प्रयास गरिएको छ । मंगलबार सांझ २ ३ जनाको समुहले उक्त कार्यालयमा तोडफोड गर्ने प्रयास गरेको बताइएको छ ।

प्रतिष्ठानको कार्यालयमा लगाइएको ताला फोड्ने क्रममा नजिकका स्थानियले जानकारी पाएपछि भागेको बताइएको छ । सो भवनमा रास्कोट शहिद प्रतिष्ठानको कार्यालय समेत रहेको जनाइएको छ । सांझ तोडफोडको आवाज आएपछि स्थानिय हजा सुनारले जानकारी पाउदा युवाहरुलाई खवर गरेपछि उक्त समुह भागेको बताइएको छ ।

सो समयमा कार्यालय बाहिर लाईटर समेत भेटिएको स्थानियले बताएका छन । रास्कोट कला तथा प्रतिष्ठानले सो घटनाको विरोध गरेको छ । त्यसै गरी नेकपा(माओवादी केन्द्र) रास्कोट गाउँ कमिटिका अध्यक्ष धर्मराज शाही (पोषण)सो भवनमा संलग्नहरु माथि अनुसन्धान गरेर कार्वाही गर्न स्थानिय प्रशासनलाई माग गर्नु भएको छ । शाहीले आगामि दिनमा केही हुन गएको खण्डमा सो समुहले जिम्मा लिनु पर्ने बताउनु भएको छ ।

सो घटनामा आफुहरुको संलग्नता भएको आरोप लगाइएकोमा आपत्ति व्यक्त गर्दै नेपालि कांग्रेस निर्वाचन क्षेत्र (ख)का सभापति आनन्द शाहीले सो घटनामा संलग्न जो कोहीलाई कानुनि कार्वाही गर्नु पर्ने बताउनु भएको छ ।रास्कोटमा पछिल्लो समय चोरी,डकैति लगाएतका घटना बढेको प्रति स्थानिय चिन्तित भएका छन ।स्थानिय प्रहरीले सरक्षा सतर्कता अपनाएको भएपनि सो घटना हुन थालेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित