कालीकोटका गाउँ गाउँमा सांस्कृतिक उत्सवका रुपमा नारी दिवस मनाइयो(फोटा फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । नारीहरुले अधिकार प्राप्त गरेको दिनको सम्झनामा जिल्लाका विभिन्न ठाउँमा सांस्कृतिक मय तरिकाले मनाईएको छ ।सामाजिक न्याय र लङ्गिक समानता :दिगो बिकासको सुनिश्चितता “भन्ने मुल नारा सहित ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा आठ मार्चका क्रममा पचालझरना गाउँ पालिकाले देउडा प्रस्तुत गरेर नारी दिवस मनाएको हो ।

नेकपा(एमाले) केन्द्रिय सदस्य दक्षिणा शाही, पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने सहितका नेताहरुको उपस्थितिमा पचालझरना गाउँ पालिकाको पणेक्षामा सांस्कृतिक प्रस्तुतिका साथ नारी दिवस(आठ मार्च) मनाइएको छ । सो कार्यक्रमका अतिथिहरुले महिलाहरुले चुलो चौको बाट खुला संसारमा आएर सामाजिक सेवा देखि अगुवाई गरेको बताउदै आगामि दिनमा आफ्ना हक अधिकारका लागि शसक्त भएर अघि बढ्न अनुरोध गरेका छन ।

त्यसै गरी रास्कोट नगरपालिकाको आरसिपि वजारमा भएको कार्यक्रममा रास्कोटका नेताहरुका साथै स्थानिय महिलाहरुले आ आफ्नो कला प्रस्तुत गरेका थिए । नरहरिनाथ गाउँ पालिकाको कुमालगाउँमा भएको कार्यक्रममा नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढा लगाएतका अतिथिहरुले महिला मुक्ति र अधिकारको बारेमा १० वर्षिय जनयुद्धका कारण यहाँ सम्म स्थापित भएको बताएका छन । शुभकालिकाको वडा न.६मा र्यालि सहित महिला दिवस मनाईएको हाम्रा सहकर्मि दन्त तिरुवाले बताएका छन ।

त्यसै गरी खांडाचक्र नगरपालिकाको खुला मंचमा समेत विविध कार्यक्रमका साथ महिला दिवस मनाईको हो । पछिल्लो समयमा कालीकोटका गाउँ गाउँमा महिला दिवस तथा अन्य कार्यक्रममा महिला सहभागिता व्यापक बढ्दै गएको छ ।

विभिन्न गैर सरकारी संस्था तथा सरकारी निकायबाट महिला केन्द्रित कार्यक्रम बढ्न थाले पछि महिलामा हौसला बढेको महिला नेतृ गंगा खड्काको भनाई रहेको छ । महिलारुलाई कमजोर ठान्ने पिृतृसतात्मक युगले पछि पारे पनि अहिले महिलारुलमा देश हांक्ने क्षमताको विकास भएर आरक्षणको व्यवस्थापनले प्रतिनिधित्व समेत भएपछि झनै जिम्मे्वारी बढ्न थालेको पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेको भनाई रहेको छ । अहिले हरेक स्थानिय तहमा महिला सभागिता अनिवार्य भएपछि मुल नेतृत्वमा कन्वयुस्याइ हुने गरेपनि महिलाले नेतृत्व गरेको खण्डमा नमुना बनाउन सकिन्छ भन्ने उदाहरणिय काम हुने गरेको बताउनु भएको छ ।

त्यसै गरी रास्कोट नगरपालिका उपमेयर मिमसरा शाही(बम)ले महिलाहरुले गाउँ पालिका हांकेर उत्कृष्ट काम गरेको बताउदै महिला प्रतिको समाजको दृष्टिकोणमा क्रमस सुधार आउन थालेको बताउनु भएको छ ।कालीकोट जिल्ला महिलाहरुले संघर्ष गरेर नमुना भएको जिल्ला भएकाले आगामि दिनमा पनि त्यो इतिहांस कायम गर्न सबै महिला वर्गहरुको भुमिका रहने पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित