रास्कोटमा माओवादी जनलहर उर्लियो,एमालेका जिल्ला नेता माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)रास्कोटका गाउँ गाउँमा अभियान तिब्र पारिएको छ । रास्कोटका सबै वडास्तरका कार्यक्रम सम्पन्न गरेको नेकपा(माओवादी केन्द्र)ले जनाएको छ ।नेकपा(माओवादी केन्द्र)रास्कोटका अध्यक्ष धर्मराज शाहीका अनुसार सबै वडाका बैठक तथा प्रशिक्षण सम्पन्न हुनुका साथै जनप्रतिनिधि र पार्टी बिछ समीक समेत भएको बताउनु भयो । पछिल्लो समय चुनावी अभियानका लागि नेता तथा कार्यक्रताहरु सक्रिय हुन थालेका छ्न।आज वडा नम्बर ६मा भएको कार्यक्रममा पुर्ब जिल्ला बिकास समिती सदस्य तथा नेकपा(एमाले)मा लामो समय काम गर्दै आएका दल्जित फडेरा सहितका नेताहरु नेकपा(माओवादी केन्द्र)मा प्रबेश गरेको बताइएको छ।त्यसै गरी  एमालेबाट अमति दर्जी ,सुचना दर्जी ,बसन्ता दर्जी ,भरत फर्साल,चन्दरूप दर्जी रहेका छन भने नेपालि कांग्रेसबाट सत्यदेबि संज्याल, गम दर्जी ,आछीराम दर्जी , सुरूल्लि दर्जी र बिप्लव नेकपाबाट कलिमान फडेराले नेकपा (माओवादी केन्द्र)मा प्रबेस गरेका छन ।  सो कार्यक्रममा वडा नम्बर ६ को पार्टी कार्यलय समेत उद्घाटन गरिएको बताइएको छ ।उक्त कार्यक्रममा नेकपा( माओवादी केन्द्र)का नेता काली बहादुर महतारा,नगर कमिटी अध्यक्ष धर्मराज शाही(पोषण) लगाएतका नेताहरुको सहभागितामा नव प्रबेशिलाई स्वागत गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित