सान्नित्रीबेणीका सबै विद्यालयमा सुचना अधिकारी तोकिने

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रीबेणी गाउँ पालिका सबै बिद्यालयमा सुचना अधिकारी तोक्ने गाउँ पालिकाले निर्देशन दिएको छ । सान्नित्रीबेणी गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नेत्र बहादुर शाहिले परिपत्र जारी गर्दै  सुचना आयोगको पत्रानुसार सबै बिद्यालयलाई सुचना अधिकारी तोक्न भनिएको छ ।

सान्नीत्रीबेणी गाउँ पालिकाका १४ वटा माध्यमिक बिद्यालय र १४ वटा आधारभुत बिद्यालय गरेर २८ वटा बिद्यालयमा सुचाना अधिकारी तोक्न शुरु  भएको छ । सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा २९ (ङ)मा भएको ब्यबस्था सबै सार्बजनिक निकायहरुमा सुचना अधिकारी तोक्ने भनिएको छ ।

कालीकोट जिल्लाका सबै बिद्यालयले सुचना अधिकारी तोक्न शुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाइ कार्यलय कालीकोटले जनाएको छ ।

सूचनाको हक भनेको के हो ? सार्वजनिक सूचना प्रवाहमा सार्वजनिक निकायको दायित्व के कस्तो हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

सार्वजनिक निकायमा रहेको सार्वजनिक महìवको सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । यसले देहायको अधिकारलाई समेत जनाउँदछ :
– सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री तथा सो निकायको कामकारबाहीको अध्ययन वा अवलोकन गर्ने अधिकार,
– सार्वजनिक निकायमा रहेको कुनै लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने अधिकार,
– सार्वजनिक महत्वको निर्माण कार्य भइरहेको स्थलको भ्रमण र अवलोकन गर्ने अधिकार,
– कुनै सामग्रीको प्रमाणित नमुना लिने अधिकार,
– कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने अधिकार ।

प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचना हकको सम्मान र संरक्षण गर्नु गराउनुपर्ने व्यवस्था सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले गरेको छ । यसका लागि देहायका काम गर्नु सार्वजनिक निकायको दायित्व हुने व्यवस्था छ :
– सूचना वर्गीकरण गर्ने, अद्यावधिक गर्ने,
– समय–समयमा सार्वजनिक गर्ने,
– प्रकाशन तथा प्रसारण गर्ने गराउने,
– सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने,
– कामकारबाही खुला र पारदर्शी रूपमा गर्ने,
– सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गर्ने,
– कर्मचारीका लागि उपयुक्त तालिम र प्रशिक्षणको व्यवस्था गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित