कालीकोट । कुनै समय फोइका लौके र हुण्डेको नाम निकै चर्चामा रहेको थियो । गाउँघरमा लौके आएको छ हुड्के नाचका लागि भनेपछि घरका तालाथारिम लगाएर ओढ्ने कम्मल बोकि रातभर जाग्राम बसेर हुड्केले नाचेको र सवाल जवाफले मख्ख हुने गर्थे ।कला सांस्कृतिकको धरोहर मध्येका एक पात्रलाई कालीकोटले गुमाएको छ । तिलागुफा नगरपालिका निवाशी लौके दमाइको निधन भएको छ ।कला क्षेत्रमा निकै खारिएका मध्य तथा सुदुरपश्चिमको प्रमुख मनोरञ्जन मानिने हुड्के नाचका नाएक समेत रहेको बताइएको छ ।लौके दमाई कला क्षेत्रमा मात्र नभइ राजनैनितिक क्षेत्रमा समेत सक्रिय रहदै आएका थिए । २०५४ सालको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी बाट वडाध्यक्ष समेत रहेका थिए।नेमकिपाका जिल्ला सदस्य समेत रहेका लौके दमाइको फागुन २८ गते भिरबाट लडेर असामयिक निधन भएपछि चौतर्फी दुख ब्यक्त गरिएको छ।पुर्ख्यौली रुपमा मानिदै आएको हुड्के नाचको मुख्या पात्रको निधनले कला क्षेत्रलाइ ठूलो क्षेती पुगेको बताइएको छ ।लौके दमाई महादेब माबिका शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका थिए ।
Discussion about this post