Skip

News Portal

  • नेकपा( माओवादी केन्द्र)कालीकोट जिल्ला इन्चार्जमा बिष्णु बिक

    कर्नालीसंचार संवाददाता
    १२२३ पटक

    कालीकोट ।नेकपा( माओवादी केन्द्र)कालीकोटको जिल्ला इन्चार्जमा केन्द्रिय सदस्य बिष्णु बिक( बिकल्प)लाई तोकिएको छ । बिकल्प यस अघि आठौं रास्ट्रीय महाधिवेशनबाट केन्द्रिय सदस्यको जिम्मेवारी पाएका थिए । उनलाइ भर्खरै बसेको कर्नाली प्रदेश कमिटीको बैठकले कालीकोट जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको नेकपा ( माओवादी केन्द्र)कर्नाली प्रदेशले जनाएको छ । यसै गरी कर्नाली प्रदेशका १० वटै जिल्लाको जिम्मेवारी तोकिएको छ ।यस अघि कालीकोटका जिल्ला इन्चार्ज पुर्ब मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई तोकिएको थियो ।नेकपा( माओवादी केन्द्र)बाट केन्द्रिय सदस्यहरुमा महेन्द्र बहादुर शाही,बिष्णु बिक र यसोदा न्यौपाने रहेका छ्न ।

    प्रतिकृया दिनुहोस्