हिमचुलि सहकारीले कर्मचारीलाई क्षमता अभिबृद्धि गर्दै

7
SHARES
15
VIEWS

कालीकोट ।सहकारी क्षेत्रमा फरक पहिचान कायम गरेको व्यवसायिक तथा कृषि क्षेत्रको काम गर्दै आएको हिमचुलि कृषि सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम शुरु गरेको छ । जिल्लाका १० वटा सेवा कार्यालयका फिल्ड स्तरका कर्मचारीहरुको सहभागितामा क्षमता अभिबृद्धि तालिम शुरु गरेको हो ।

संस्थाका अध्यक्ष काली बहादुर महताराको उपस्थितिमा शुरु भएको तालिममा संस्थाका पूर्व संचालक तथा पूर्व कार्यकारी प्रमुख भीम प्रसाद बरालले सहजिकरण गर्ने बताइएको छ । उद्घाटन शत्रमा बोल्दै सहकारीका अध्यक्ष संस्थालाई यहाँ सम्म ल्याइ पुगाउने कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि विगतमा कोरोनाका कारण हुन नसकेको अवस्थामा यस वर्ष शुरु गरेको बताउनु भएको छ ।

तालिम केवल तालिमका लागि नभई हाम्रा जिवन व्यवहारमा लागु गर्ने र एक अर्कामा सिकेका सिपको सहजिकरण गर्ने बताउनु भएको छ । संस्थाका २२ जना कर्मचारीहरुको सहभागिता रहेको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यलले बताउनु भएको छ । वहाँका अनुसार क्षमता अभिबृद्धि तालिम चैत्र १ गते सम्मे संचालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित