पलाता माओवादी केन्द्रको किल्ला भएको नेताहरुको दाबि

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओबादि केन्द्र) पलाता गाउँ कमिटी बैठक सम्पन्न भएकाे छ ।आगामी बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि पलातामा पार्टी संगठनले कसरी भुमिका निर्बाह गरेर अघि बढ्ने बिषयमा छलफल गरिएको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र) पलाता गाउँ कमिटी अध्यक्ष बिस्नु बहादुर राेकाया (इन्द्र) को अध्यक्षता तथा पलाता इन्चार्ज अनन्त बिक( राजेश)को उपस्थितिमा भएको कार्यक्रममा बिगतको समीक्षा सहित आगामी चुनावी केन्द्रित योजनालाइ सक्रिय हुँदै सबै वडामा माओवादी केन्द्र बिजयी गराउन निर्देशन गरिएको छ ।
सबै वडाबाट सहभागी कार्यक्रताले कमरेड हरुलाइ ध्यानाकर्षण गराउनु भएकाे छ पलाता नेकपा माओवादी केन्द्रका सबै वडामा आगामी चुनावलाई सक्रिय ढंगले सफल पार्ने नेताहरुको मनै देखिको एकता कार्यक्रता परिचालन उचित तरिकाले ब्यबस्थापन गर्न अनुरोध गरेका छ्न । सो कार्यक्रममा पलाता गाउँ कमिटी बरिस्ठ उपाध्यक्ष मानबहादुर भण्डारी (बासिन्दा),पलाता गाउँ कमिटी अध्यक्ष लक्ष्मण बम लगाएतका नेताहरुको उपस्थिति रहेको थियोे ।
बैठकले पलाताका सबै वडामा दुई महिने चुनावी अभियान संचालन गर्ने बताइएको छ ।सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भण्डारीले आज भाेलि सामाजिक सञ्जालमा नेपाली काङ्ग्रेस र एमाले पलातामा जति बलियाे देखिए पनि हिजाे २०५२ साल देखि कर्नाली प्रदेशकै बलियाे माओवादी केन्द्र रहेको जिकिर गर्दै माओवादी केन्द्रको पलाता लालकिल्ला भएको दाबी गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका अनन्त बिकले आगामी चुनाव मात्र नभइ एक दशक सम्म अन्य दलहरुले पलातामा जित्ने कुचेस्टा नगर्न आग्रह गरेका छ्न । पलातामा यस अघि माओवादी केन्द्रले जित हांसिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित