रास्कोटमा आयोडिन नुन लिनेको घुइंचो

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा पहिलो पटक खायोडिन युक्त नुन ढुवानि अनुदानमा वितरण शुरु भएपछि घुंइचो लागेको छ । रास्कोट नगर सरकारले पहिलो पटक १ हजार २ सय कुयन्टल नुन वितरण गर्ने लक्ष्य लिएपछि आइतवार नुन लिन सयौं जना रास्कोटका स्थानियहरु आएको बताइएको छ

। रास्कोट नगर प्रमुख काशिचन्द्र बरालले आज साल्ट टेनिंग कर्पाेरेशनको सहायक डिपो कार्यालयको उद्घाटन गरेपछि दिन भर नुन लिने समुदायको घुइंचो लागेको बताइएको छ । पहिलो पटक जिल्लाको रास्कोटमा ग्रामिण क्षेत्रमा नुन आयोडिन युक्त ढुवानि अनुदानको नुन वितरण शुरु भएको र आगामि दिनमा निरन्तर रास्कोटबाट नुन वितरण गरिने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । समुदायका लागि रास्कोट सरकारले गरेको प्रशंसनिय काम भएको स्थानियले बताएका छन ।

ढुवानि अनुदान पछि रास्कोटमा प्रति केजि ९ रुपैयामा नुन वितरण शुरु भएको बताइएको छ । यस अघि सदरमुकामबाट लिएको उक्त नुन प्रपत केजि ५० देखि ६० रुपैयाले स्थानिय व्यापारीले विक्रि गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित