रेडियो तोडफोड र पत्रकार माथि धम्कि प्रति महासंघको आपत्ति

7
SHARES
15
VIEWS

कालीकोट । रेडियो प्रदेश आवाज माथि तोडफोड गर्ने पत्रकारलाई ज्यान मार्ने धम्कि दिएको प्रति नेपाल पत्रकार महासंघ कालीकोटले विरोध जनाएको छ । नेकपा(माओवादी केन्द्र)को आन्तरिक विवाद सामाजिक संजालमा बाहिर आएको कुरालाई एक आपसमा विवादले उच्च रुप लिएपछि फोन मार्फत रेडियो प्रदेश आवाजका संचालक पत्रकार रत्न कार्की माथि नेकपा(माओवादी केन्द्र)का कर्नालि प्रदेश सचिव धनजित शाहीले धम्कि दिएको बताइएको छ ।

सो विषयमा नेपाल पत्रकार महासंघ कालीकोटका कार्यवाहक अध्यक्ष नवराज योगि द्धारा हस्ताक्षरित विज्ञप्तिमा कानुनि बाटो हुंदा हुंदै संचार माध्यम माथि तोडफोड गर्ने र पत्रकारलाई ज्यान मार्ने धम्कि दिएकोमा विरोध जनाउदै कानुनि प्रक्रिया अनुसार कार्वाहीको माग गरेको छ । त्यसै गरी पत्रकार कार्की र रेडियोका सुरक्षाका लागि स्थानिय प्रशासन संग जोडदार माग गरिएको छ ।

नेकपा(माओवादी केन्द्र)का कर्नालि प्रदेश सचिव धनजित शाहीले आफु माथि नचाहंदिा आरोप लगाएको बताउदै सचेत रहन अनुरोध गर्दा उल्टै आफुलाई अपाच्य शव्द बोलेपछि सजक रहन अनुरोध मात्र गरेको बताउनु भएको छ । शाहीले कानुनि बाटो रोज्ने बताउदै आफुले जिम्मेवारी नपाउदैमा जे पनि भन्न नहुने बताउनु भएको छ ।

सो विवाद आन्तरिक भएकाले आन्तरिक पार्टी प्रक्ति भित्र मिलाउनु पर्नेमा नेताहरुको जोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित