कालीकोटमा ६५ औं सहकारी दिवस मनाइदै

7
SHARES
15
VIEWS

कालीकोट । आउदो चैत्र २० गते कालीकोटमा रास्ट्रीय सहकारी दिवश मनाउने भएको छ । जिल्लाका ९ वटै पालिकामा वक्तित्व कला तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरेर मनाउने कार्यक्रम तय भएको हो । जिल्लाका स्थानीय तह र सहकारीहरु बिच सहकारी स्थापना भएको ६५ औं वर्ष प्रवेशको अवसरमा देशभर राष्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम अनुसार उक्त कार्यक्रम गर्ने भएको हो।
हिमचुली कृषि सहकारी संस्थको अगुवाइमा सहकारी दिवस मनाउने कार्यक्रम तय भएको संस्थाका तथा जिल्ला सहकारी संघ कालीकोटका अध्यक्ष काली बहादुर महताराले बताउनु भयो । वहाँका अनुसार वक्तित्वकलाको लागि “समाज परिवर्तनमा सहकारीको भुमिका” बिषय राखिएको बताउनु भयो ।स्थानीय तहहरु संगको साझेदारी भएमा अन्य रचनात्मक कार्यक्रम पनि गर्न सकिने संस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भयो ।
रास्ट्रीय सहकारी महासंघको सञ्चालक समितिको बैठकले ६५ औं राष्ट्रिय सहकारी दिवसको लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नारा तय गरेको छ । यस अघि ६४ औं राष्ट्रिय सहकारी दिवस कै नारालाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाउने गरिएको छ । गएको वर्ष कोभिड महामारीका कारण दिवस भएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित