पचालझरनाले शुरु गर्यो वडा स्तरिय सार्वजनिक सुनुवाई

7
SHARES
15
VIEWS

कालीकोट । पांच वर्ष कार्यकालमा गरेका काम कार्वाहीको सार्वजनिक सुनुवाई गर्नेमा पचालझरना रहेको छ ।

पचालझरना गाउँ पालिकाले वडा न. ६बाट सार्वजनिक सुनुवाई गरेको हो । पचालझरना गाउँ पालिकाको बोलुगाउँबाट शुरु गरेको सार्वजनिक सुनुवाईमा स्थानिय समुदायहरुको सहभागितामा पांच वर्षमा गरेका काम कार्वाहीको जानकारी गरिएको छ । पचालझरना गाउँ पालिका वडा न.६का वडाध्यक्ष धनपति बुढाको अध्यक्षता तथा गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने,जिल्ला समन्वय समिति सदस्य ऐना शाही, नेकपा(माओवादी केन्द्र)का जिल्ला समन्वय समिति कालीकोटका सचिव देवराज शाही लगाएतका नेताहरुको सहभागितामा सार्वजनिक सुनुवाई गरिएको बताइएको छ ।

स्थानियले सार्वजनिक सुनुवाईमा विभिन्न विकास निर्माणका कामका साथै अन्य कामको बारेमा सुझाव राखेका थिए ।पचालझरना गाउँ पालिकाका विभिन्न वडामा सार्वजनिक सुनुवाई गरिने गाउँ पालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिका अध्यक्ष सेजुवालले गाउँ पालिकामा सबै भन्दा राम्रो काम भएको र केही अपुग्तालाई आगामि दिनमा सुधार गर्दै जाने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित