कालीकोट । नेकपा(माओवादी केन्द्र)ले पालिका स्तरमा तयार गर्ने घोषणा पत्र केवल एक पालिका विशेष नभइ जिल्लाको आर्थिक समृद्धि ल्याउने गरी तयारी गर्ने बताइएको छ । नेकपा(माओवादी केब्द्र)कालीकोटले रास्कोट नगर पालिका मेयर तथा केन्द्रीय लेखा आयोग सदस्य काशिचन्द्र बरालको नेतृत्वमा गठन गरेको घोषणा पत्र तयारी समितिले सबै पालिकालाइ उपलब्धिको विवरण संकलन गर्न शुरु गरेको बताइएको छ । घोषणा पत्र तयारी समितिका संंयोजक काशिचन्द्र बरालले चैत्र महिनाको २०/२१ गते भित्र सबै विवरण एकीकृत गरेर जिल्लालाइ कसरी समृद्धि ल्याउन सकिन्छ ? त्यसका लागि बिज्ञहरुका साथै बिभिन्न राजनीतिक दलका नेताहरुको सुझाव सहित अघि बढ्ने बताउनु भएको छ। वहाँले आफुले बनाएको घोषणा पत्र केवल माओवादीलाई मात्र नभइ सबैलाइ काम लाग्ने र आगामी दिननमा जिल्लाको अग्रगामी दिशा तिर लिन मद्दत पुग्ने गरेर तयारी गर्ने बताउनु भएको छ । कालीकोट जिल्लामा बिगतको भन्दा अहिले माओवादीको नेतृत्वमा बिकाश भएको बताइएको छ ।
Discussion about this post