कालीकोटमा बिकाशको मुल फुटाउने भनेकै माओवादी हो -शैलेन्द्र

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कालीकोटका जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)ले कालीकोटको बिकासको मुल फुटाउने भनेकै माओवादी भएको बताउनु भएको छ । जिल्ला पार्टी कार्यालयमा विभिन्न पार्टीका युवाहरुलाई स्वागत कार्यक्रममा सो कुरा बुताउनु भएको हो ।

जिल्ला सदरमुकाम मान्ममा विभिन्न कामका लागि बस्दै आएका विभिन्न पार्टी संग आवद्ध युवाहरुलाई स्वागत गर्ने क्रममा कालीकोटबाट विगत देखि अहिले सम्म माननिय हुंदै मन्त्रि सम्म पुगेकै कारण विकासको लहर चलेको दावि गर्नु भएको छ । जिल्लाबाट महेन्द्र बहादुर शाही उर्जा मन्त्रि भएपछि कालीकोटमा राष्ट्रिय प्रशारण लाइन विस्तार हुनु र कर्नालि प्रदेशको मुख्यमन्त्रि भएपछि विकासको लहर झन चलेको र यसलाई संस्थागत रुपमा युवाहरुले प्रचार प्रसारमा ल्याउन अनुरोध गर्नु भएको छ ।

जिल्ला संयोजक शैलेन्द्रले युवाहरुले हतियार बोकेर जनयुद्ध गरेको स्मरण गर्दै अहिले त्यो अवस्था नभएपनि समाज परिवर्तनमा युवाहरुको विशेष भुमिका रहेको बताउनु भएको छ । पार्टी प्रवेश कार्यक्रममा समाजवादी युवा संगठनका गोविन्द गुरुङको नेतृत्वमा रहेको विभिन्न पार्टी संग आवद्ध १६  जना युवा माओवादी केन्दमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा कर्नालि प्रदेश कमिटि सदस्य गंगा खड्का,बैकल्पिक प्रदेश सदस्य धर्मराज शाही,खांडाचक्र नगर कमिटि अध्यक्ष धनलाल अधिकारी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित