कालीकोट । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जति कामको जिम्मेवारी छ त्यही अनुसारको जनशक्ति अभाब रहेको बताउनु भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले अख्तियार देखि अन्य काम गर्ने जिल्ला प्रशासन कार्यालय कालीकोटमा करारमा रहेका एक जना कम्प्युटर अप्रेटर र चार जना सहयोगिको भरमा कार्यालय संचालन गर्नुपरेको बताउनु भएको हो । प्रमुख जिल्ला अधिकारीले लामो समय सम्म एक जना कर्मचारी एउटै कार्यालयमा लामो समय कार्यालयमा बस्दा पनि भस्ट्राचार हुन जान सक्ने बताउदै बिकाश निर्माणका कामहरुमा कर्नाली राजमार्गको सडकको हालतका बारेमा अवगत गराउनु भएको छ ।कालीकोट जिल्लामा अख्तियार सम्बन्धि उचित तालिमको जरुरी भएको बताउनु भएको छ ।
Discussion about this post