आफ्नालाइ संरक्षण गर्ने परिपाटीको अन्त्य नहुंदा सम्म भस्ट्राचार नियन्त्रण हुन सक्दैन -समन्वय प्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट ।जिल्ला समन्वय समिती कालीकोटका प्रमुख अनिपाल शाहीले समाजमा आफ्ना र पराइ गर्ने चलनचल्तिका कारण परिवर्तन हुन नसकेको बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले गरेको भस्ट्राचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी समेत रहेका समन्वय प्रमुख शाहिले आफ्ना नेता तथा आफन्तलाइ संरक्षण गरेर अरुको मात्र गल्ती देखि भस्ट्राचार मात्र देख्नुले समाज परिवर्तनमा भुमिका निर्बाह हुन नसक्ने बताउनु भएको छ । भस्ट्राचार को अनुगमन गर्ने अन्तिम निकाय अख्तियार भएकाले सबै भन्दा अघि समाजमा सबै नागरिकले सचेतना हुनु पर्ने बताउनु भएको छ । लामो समय पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तरक्रिया गरेकोमा धन्यवाद दिनु भएको छ । अन्तरक्रिया कार्यक्रममा आयोगका आयुक्त जयबहादुर चन्द,सहसचिव राजेन्द्र केसि,प्रदेश कार्यालय प्रमुख भोला दाहाल लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित