कालीकोट ।स्थानिय निकायको संचालन हुनु र नयाँ जनप्रतिनिधिले कामको जिम्मेवारी लिएको २०७४ साल देखि २०७८ साल सम्म गरेका कामकार्वाहीका बारेमा अहिले समिक्षाको शुरुवात भएको छ । जिल्लामा सबै भन्दा पहिला पचालझरना गाउँ पालिकाले गाउँ सभा गरेर ५ वर्षमा गरेका कामको समिक्षा तथा सार्वजनिक सुनुवाई शुरु गरेको छ ।
पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल र उपाध्यक्ष तारा न्यौपानेको नेतृत्वमा रहेको जनसरकारले थुप्रै काम अघि बढाएको छ । जस अनुसार पचालझरना गाउँ पालिकाका वडा न. ६,७ र ९मा सार्वजनिक सुनुवाई गरेको छ भने अन्य वडाहरुमा संचालन गर्न शुरु गरेको छ ।विद्यार्थि राजनिति गर्दै जनमुक्ति सेनाका कमाण्डर सम्मको जिम्मेवारी पुरा गरेका खड्गराज सेजुवाल(विश्वप्रकाश) र वाल्यकाल देखि राजनैतिक जिवन शुरु गरेकी,कयौं लडाइका मोर्चामा सहभागि भएर घाईते समेत रहेकी तारा न्यौपाने(साधना)ले नेतृत्व गरेको पचालझरना गाउँ पालिका विकास निर्माण देखि निति विधिका बारेमा अन्य गाउँ पालिकाले सिक्नै पर्ने जानकारहरुले बताउदै आएका छन ।
यस संबन्धमा पचालझरना गाउँ पालिकाले दिएको जानकारी अनुसार पचालझरना गाउँ पालिकामा नमुना काम भएको दावि गरिएको छ ।
पचालझरनाका नमुना काम :
१.पचालझरनाको खार्दुमा नेपाल पत्रकार महासंघको बैठक बसि पचालझरनाको प्रचार प्रसारको कामको शुरुवात गर्दै गाउँमा खरले निर्माण गरेका घरहरुमा खरमुक्त गाउँको शुरुवात लाफाबाट ।
२.गोठालो भत्ता देशकै पहिलो पटक पचालझरनाबाट
३.पचालझरनालाई देशको अग्लो ३८१ मिटर अग्लो प्रमाणित सहित पर्यटक गन्तव्यको ६४ औं स्थानमा कायम हुनु
४.कालीकोट जिल्लाकै पहिलो पटक १० जना शहिदको सालिक सहित प्रतिक्षालय स्थापना
५.पालिकाको केन्द्र पणेक्षामा सार्ने र भौतिक संरचनाको काम शुरुवातका साथै गाउँ पालिकाको डिपिआर गरेर कर्नालिकै पहिलो नमुना रंगशालाको निर्माण,
६.गाउँ टोल बस्तिमा सडक निर्माण गरी शहिदको नाममा नामाकरण गरिएको ।
७.पचालझरनामा देउडा र झरनालाई स्थापित गर्न महोत्सव गरेर पर्यटक भित्राउन काम शुरु भएको ।
८.प्रत्येक आर्थिक वर्षमा बजेट ल्याउनु अघि विभिन्न राजनैतिक दल तथा अन्य निकाय संग सुझाव माग्नुका साथै प्रत्येक वर्ष समयमै सार्वजनिक सुनुवाई गर्ने ।
९.एक वडा एक पत्रकारको शुरुवात गरिएको
१०.शहिद आवासिय विद्यालयको संचालन गरिएको ।
११.धार्मिक संस्कृतिको जगेर्ना गर्न गाउँ गाउँमा मठमन्दिर निर्माण गरिएको ।
१२.जनप्रतिनधि चढ्ने चिल्लो कार खरिद नगरेर एम्बुलेन्स खरिद गरिएको ।
१३.प्रत्येक वडाको चिहानघाट(आर्यघाट)मा प्रतिक्षालयको निर्माण गरिएको ।
१४.पचालझरना सम्म जानका लागि र्यालिंग सहितको बाटो निर्माण गरिएको ।
१५.अन्य पार्टीहरु संगको सुमधुर संबन्ध कायम गर्दै विकासमा एक मत कायम गर्न नेतृत्व सक्षम रहेको ।
१६.गैरसरकारी निकायहरु हुरुण्डेक,आशा नेपालहरु संग समन्वय गरेर हाइटेक नर्सरी स्थापना गर्दै बृक्षारोपण शुरु गरिएको ।
१७.गाउँ पालिकालाई प्रविधि मैत्रि शुरुवात गरेको ।
१८.गाउँ पालिकालाई जलविद्युत संचालन गरेर गाउँ पालिकामा विद्युतको पहुंच बढाएको ।
१९.प्रत्येक वडामा स्वस्थ्य इकाई भवनका साथै स्वस्थ्य सेवाको पहुंच कायम गर्नुका साथै शैक्षिक क्षेत्रमा पक्कि भवन निर्माण गरिएको
२०.कार्यसम्पादनमा सफल कर्मचारीलाई सम्मान गर्ने गरिएको ।
२१.गाउँ गाउँमा शुसासन सम्बन्धि कार्यक्रमका साथै न्यायिक समिति पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि कार्यक्रम गरिएको ।
२२.कृषि प्रविधिको वितरण तथा सिचाईका कार्यक्रम अघि बढेको
२३.रास्कोट देखि लैफु सम्मको सडक संजाल जोडिएको
Discussion about this post