कालीकोट । नेकपा(माओवादी केन्द्र)कालीकोटको बैठक शुरु भएको छ । कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि, केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज महेन्द्र बहादुर शाही(प्रज्वल)को उपस्थ्तििमा जिल्ला स्थित प्रदेश कमिटि सदस्य र नगर तथा गाउँ कमिटिका अध्यक्षहरुको सहभागितामा स्थानिय तहको निर्वाचन केन्द्रित बैठक हुने बताइएको छ ।
सो बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विष्णु विक(विकल्प),केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज यशोदा न्यौपाने(पूर्णिमा) र केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बराल लगाएतका नेताहरुको उपस्थिति रहेको छ ।
जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)को अध्यक्षतामा भएको बैठकमा गाउँ तथा नगर कमिटि अध्यक्षहरुले आ आफ्ना पालिकाको रिर्पाेट राख्ने काम शुरु भएको छ ।
Discussion about this post