माओवादी केन्द्र पचालझरनामा निर्वाचन केन्द्रित गाउँ अभियानमा तिब्रता

7
SHARES
15
VIEWS

कालीकोट।नेकपा(माओवादी केन्द्र)पचालझरनामा निर्वाचन परिचालन समिती गठन संगै अभियान तिब्र पारेको छ ।आज बसेको पचालझरना गाउँ पालिका वडा नम्बर १ को वडा कमिटीको बैठकले ३ सय १ सदस्य निर्वाचन परिचालन समिती गठन भएको छ । पचालझरना गाउँ कमिटी इन्चार्ज तारा न्यौपाने संयोजक रहेको समिति गठन गरेको हो ।उक्त समितिको सहसंयोजकमा रुपेन्द्र ऐडी सहित ३ सय १ सदस्य रहेको बताइएको छ । त्यसै गरी अन्य विभिन्न उपसमिति समेत गठन गरेको छ । जसमा ब्यबस्थापन उपसमिति वीर बहादुर शाही इन्चार्ज रहने गरी कन्न कामी संयोजक रहने गरेर ११ सदस्य गठन गरेको छ ।
त्यसै गरेर प्रचारप्रसार उपसमितिमा पशुपती न्यौपाने इन्चार्ज,सुर्य शार्की संयोजक रहने गरी ५ सदस्य गठन भएको वडा कमिटी अध्यक्ष गोकुल खड्काले बताउनु भएको छ ।आर्थिक उपसमितिमा गोकुल खड्का र धन शार्की,विशेष समिती,सल्लाहकार र बार्ता सम्बाद समिती गठन गरेको छ ।
मतदान केन्द्रमा दाने शार्किको नेतृत्वमा परिचालन समिती गठन गरेको बताइएको छ । उक्त बैठकमा पचालझरना गाउँ कमिटी उपाध्यक्ष कल्याण,जिल्ला समन्वय समिती सदस्य रुपेन्द्र ऐडी,ऐन खड्का,बर्म ऐडीले बैठकमा छलफल सहित मन्तव्य राखेको बताइएको छ ।
सो बैठकमा एमाले आस्थावान बिष्णु प्रसाद न्यौपाने माओवादी केन्द्रमा प्रबेश गरेको बताइएको छ ।नवप्रबेशी कृष्ण प्रसाद न्यौपानेलाई वडा कमिटी कार्यक्रममा स्वागत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित