नरहरिनाथको माल्कोटमा वडा कार्यालयको आफ्नै भवन बाट काम सुचारु

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथको वडा नम्बर ६ को वडा कार्यलयको भवन उद्घाटन गरिएको छ ।गाउँ पालिका भरी सबै भन्दा अघि वडा नम्बर ६ को माल्कोटमा गाउँ पालिकाको बजेटमा भवन सम्पन्न भएपछी बुधबार एक कार्यक्रमका साथ उद्घाटन भएको हो ।
नरहरिनाथ गाउँ पालिका वडा नम्बर ६ का वडाअध्यक्ष तुलराज बिकको अध्यक्षता तथा गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढा,कार्यपालिका सदस्य देउमल दर्जी लगाएतका जनप्रतिनिधि सहित स्थानियको सहभागितामा उद्घाटन गरिएको छ ।
भाडाको घर बाट दैनिक प्रशासनिक कामकारबाही गर्दै आएको वडा कार्यालयले आफ्नै भवनबाट काम सुचारु गरेको वडा अध्यक्ष तुलराज बिकले बताउनु भएको छ ।वहाँका अनुसार आफ्नो कार्यकालमा पक्की भवन सम्पन्न हुनुका साथै माल्कोटमा सडक,विद्युत लगाएतका तमाम काम गर्न सफल रहेको दाबी गर्नु भएको छ।
माल्कोट जनयुद्धको उद्गम स्थलका रुपमा रहेको क्षेत्र हो ।माल्कोटलाइ युद्ध पर्यटकिय क्षेत्रका लागि पहल भएको अध्यक्ष तुलराज बिकले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित