पढ्दै कमाउदै कार्यक्रममा कर्नालि प्रदेशबाट १९ वटा विद्यालय छनोट,सबै भन्दा बढि रुकुम पश्चिम

7
SHARES
15
VIEWS

कालीकोट ।सरकारले पढ्दै कमाउदै कार्यक्रम अन्तरगत देशभरका १सय४० मावि छनोट गरेको छ ।

जसमध्ये कर्नालि प्रदेशका १० जिल्ला मध्ये रुकुम पश्चिमबाट ५ वटा मावि छनोट भएका छन भने सबै भन्दा कम कालीकोटबाट १,जुम्ला बाट १,मुगुबाट १,हुम्ला बाट १,डोल्पाबाट १,सल्यानबाट २,जाजरकोटबाट २,सुर्खेतबाट ३ छनोट भएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जनाएको छ ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको महादेव मावि फोइकोट छनोट भएको हो । सो विद्यालयमा प्राविधिक शिक्षा अध्ययन हुंदै आएको छ । गएको महिना आवेदन खुला गरेको मन्त्रालयले देशभरबाट १ सय ४० विद्यालयले आवेदन दिएको बताएको छ ।

नेपाल सरकारका अर्थमन्त्रि जनार्दशन शर्मा(प्रभाकर)को अगुवाईमा माध्यमिक शिक्षा अध्ययन गर्दै आएका विद्यार्थिहरुलाई पढ्ने क्रममा विविध कार्यक्रम गरेर कमाउने शिक्षाको शुरुवात गर्न खोजिएको हो । विद्यालयमा पढ्ने क्रममा कमाउने वातावरण कायम गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शुरु गरेको बताइएको छ ।

यस कार्यले शिक्षामा व्यवहारिक रुपमा लागु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित