लालुलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा,स्थानियले खानेपानिका लागि देउडा मार्फत सचेतना

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिहनाथ गाउँ पालिकाको वडा न. ९ लालुलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । उक्त वडाका सबै घरधुरीहरुमा एक घर एक धारा निर्माण भएपछि वडालाई सरसफाइ युक्त वडा घोषणा गरिएको हो ।

एक घर एक धारा हाम्रो सान, पुर्ण सरसफाइ उन्मुख गाउँ हाम्रो पहिचान भन्ने मुलनाराका साथ बुधबार गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्ट,उपाध्यक्ष मनशोभा बुढा लगाएतका जनप्रतिनिधिहरुको उपस्थितिमा सरसफाइ युक्त वडा घोषणा गरिएको स्थानियले बताएका छन ।

नरहरिनाथ गाउँ पालिकामा विभिन्न गैरसरकारी संघ संस्था तथा स्थानिय सरकारको साझदोरीमा खानेपानि तथा अन्य क्षेत्रमा विकास निर्माणको काम भइरहेको बताइएको छ ।सो कार्यक्रममा स्थानिय महिलाहरुले देउडा तथा नाचगान गरेर सरसफाई संबन्धि सचेतना गरेको बताइएको छ ।

स्थानियहरुलाई खानेपानि र सौचालय प्रयोगका बारेमा गित मार्फत सचेतना गराउन जानकारी गरिएको पत्रकार तिलक विष्टले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित