कालीकोटको पांखाबाट शुरु भयो गठबन्धन दलको सयुक्त चुनाव केन्द्रित अभियान

7
SHARES
15
VIEWS

कालीकोट ।सरकार गठबन्धन दलहरुले गाउँ बाट चुनावी अभियान शुरु गरेका छ्न । केन्द्रिय स्तरमा गठबन्धनले सयुक्त रुपमा चुनावमा जाने निर्णय संगै कालीकोटको खांडाचक्र नगर पालिकाको वडा नम्बर ९ पांखा बाट सयुक्त अभियान शुरु भएको छ ।खांडाचक्रको पांखामा भएको सयुक्त कार्यक्रममा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सम्बोधन गरेको बताइएको छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पुर्ब कृषि मन्त्री  कुर्मराज शाही,केन्द्रिय सदस्य बिजया बिस्ट,पुर्ब सांसद तुलराज बिस्ट,नेकपा माओवादी केन्द्रका गगन मल्ल(युनाइटेड),नेपाली कांग्रेसका स्थानीय नेताहरुको सहभागिता रहेको बताइएको छ ।
नेताहरुले चुनाबि सभालाइ सम्बोधनका क्रममा देश सबै मिलेर मात्र समाजवाद आउने जिकिर गर्दै अहिले एमाले एक्लै हुंदा छटफाटाहट पैदा भएको बताएका छ्न ।
देशभरमा गठबन्धनका बारेमा कतै बिरोध र कतै स्वागत गरिरहेको अबस्थामा कालीकोटमा सयुक्त सभा हुनुले देशमा सकारात्मक सन्देश गएको बताइएको छ ।
नेकपा(माओवादी केन्द्र)कालीकोटका जिल्ला संयोजक लक्ष्मी चौलागाईं( शैलेन्द्र)ले जिल्ला स्तरमा छिटोभन्दा छिटो बैठक बसेर जिल्लास्तरीय सयुक्त अभियानको टुङ्गो लगाउने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित