केपि ओलि किन भए माओवादी प्रती नरम ?

7
SHARES
15
VIEWS

कालीकोट । चुनावी अभियानलाइ सम्बोधन गर्न कालीकोट,जुम्ला र कालीकोटमा आइपुगेका नेकपा(एमाले)अध्यक्ष केपि ओलिले आफ्नो कार्यकालमा बिकाश निर्माण देखि सबै काम गरेको दाबी गरेका छ्न । बिहीबार कालीकोट सदरमुकाम मान्ममा भएको कार्यक्रममा अध्यक्ष ओलिले आफ्नो पार्टीले पुलपुलेशा,बृहत खानेपानी,बाटो घाटो लगाएतको काम गरेको दाबी गर्दै बिकाश गर्न र अब झनगतिले अघि बढाउन आफ्नो पार्टी बाहेक अरुको सम्भावना नभएको जिकिर गरेका छ्न । उनले एक पटक मात्र नेपाली कांग्रेसको मात्र बिरोध गरेका थिए भ्ह्ने नेकपा(माओवादी केन्द्र)को बारेमा कुनै टीका टिप्पणी नगरेर फर्किएका छ्न ।स्थानीय स्तरमा नेकपा(माओवादी केन्द्र)संग चुनावी तालमेल हुन सक्ने कार्यक्रताको सुझाव पछि  केपि ओलिले माओवादी केन्द्र प्रती नरम भएको हुन सक्ने बताइएको छ । उनले आफू बाट बिभाजन भएको एकीकृत समाजवादी प्रती संकेत गर्दै चोइटिएको शब्द उच्चारण समेत गरेका थिए । आफुले जनमतबाट सरकारमा पुग्ने दाबिका साथ नयाँ कुराको कुनै पनि अभिव्यक्ति दिएनन । अघिपछि निकै उखान टुक्का भन्ने केपि ओलि कालीकोटमा भने उखानको संकेत समेत गरेनन । कालीकोटमा कमजोर अवस्थामा पुगेको बेला शक्ति प्रदर्शन सहित केही नेता तथा कार्यक्रतालाइ प्रबेश गराएको छ । सदरमुकाममा केपि ओलिले सम्बोधन गर्दै गर्दा खांडाचक्र  नगरपालिका वडा नम्बर ९ पांखाबाट सत्ता गठबन्धन दललेहरुको सहभागितामा सयुक्त अभियान शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित