एकीकृत समाजवादी पचालझरना गाउँ कमिटी अध्यक्ष माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एकीकृत समाजवादी) पचालझरना गाउँ कमिटी अध्यक्ष पौरखे लुवार(दंगलि)नेकपा(माओवादी केन्द्र)मा प्रबेश गरेका छ्न । एकीकृत समाजवादीका जिल्ला सदस्य तथा दलित अगुवाका रुपमा चिनिदै आएका पचालझरना गाउँ पालिकाको वडा नम्बर १ का जनप्रतिनिधि समेत रहेका लुवार शुक्रवार नेकपा(माओवादी केन्द्र)मा प्रबेश गरेका हुन । उनी नेकपा(एकीकृत समाजबादी)पचालझरना गाउँ कमिटी अध्यक्षको जिम्मेवारी बहन गर्दै आएका थिए । नेकपा(माओवादी केन्द्र)का कर्नाली प्रदेश सदस्य तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल,कर्नाली प्रदेश कमिटी सदस्य तथा महिला संगठन जिल्ला इन्चार्ज अल्किना बम,पचालझरना गाउँ कमिटी इन्चार्ज तथा महिला नेतृ गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,जिल्ला समन्वय समिती सदस्य तथा कर्नाली प्रदेश कमिटी सदस्य ऐना शाही,पचालझरना गाउँ कमिटी उपाध्यक्ष  करबिरे बिक,वडा इन्चार्ज ऐन खड्का,वडा कमिटी अध्यक्ष गोकुल खड्का सहितका नेताहरुको उपस्थितिमा स्वागत गरिएको वडा नम्बर १ का माओवादी नेता बर्म ऐडीले बताउनु भएको छ । पछिल्लो समयमा पचालझरना गाउँ पालिकामा एमाले,नेपाली कांग्रेस लगाएतका दल बाट माओवादी प्रबेश गर्नेको लहर चलेको छ । यस अघि पचालझरना १ का महिला जनप्रतिनिधि साउनी ऐडी समेत माओवादी केन्द्रमा प्रबेश गरेकी थिइन ।त्यसै गरी एकीकृत समाजवादीका जिल्ला सदस्य रण रोकाया एमालेमा प्रबेश गरेका छ । बिहीबार भएको एमालेको चुनावी आमसभामा रोकाया एमालेमा प्रबेश भएका छ्न ।एकीकृत समाजवादीका पालिका अध्यक्ष पौरख लुवार २०७० साल अघि माओवादी केन्द्रमा आस्थावान रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित