कालीकोटमा सहकारी दिवस विविध कार्यक्रम सहित मनाइयो(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा सहकारी स्थापना भएको ६५ वर्ष प्रवेशको अवसरमा जिल्लामा बक्तृत्वकला सहित मनाइएको छ ।

जिल्ला स्थित स्थानिय सरकार र सहकारीहरुको साझेदारीमा दिवस मनाइएको हो । जिल्ला सदरमुकाम मान्ममा खांडाचक्र नगरपालिकाको सहयोगमा हिमचुलि कृषि सहकारी संस्था लि.को आयोजनामा समाज परिवर्तनमा सहकारीको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता गरिएको छ । खांडाचक्र नगरपालिकामा रहेको ११ वटा माध्यमिक विद्यालय मध्ये ६ वटा माविको सहभागितामा बक्तृत्वकला प्रतियोगिता भएको हो ।

उक्त प्रतियोगितामा कालीकोटका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद प्याकुरेल,जिल्ला शिक्षा समन्वय इकाइ कालीकोटका प्रमुख प्रकाश चन्द्र धिताल,तिला कर्णाली बहुमुखि क्याम्पसका दिपक थापा,कृषि विकास कार्यालय निमित्त प्रमुख चन्द्र बहादुर शाही लगाएतका सरोकारवालाहरुको उपस्थिति रहेको बताइएको छ । सो प्रतियोगितामा जनज्योति मावि पांखाका सुवास चौलागाई प्रथम स्थापन ल्याउन सफल भएका छन भने द्धितिय स्थानमा जनजिवन मावि ताडीका सुरेश शाही, तृतिय स्थानमा पंचदेव मावि मान्मका सविना बराल र सान्त्वना स्थानमा कर्णालि मावि रेंगिलका रुविन गिरी आएको बताइएको छ ।

त्यसै गरी नरहरिनाथ गाउँ पालिकामा हिमचुलि कृषि सहकारी संस्था लिको कुमालगाउँ सेवा कार्यालय, जनकल्याण बहुउद्देश्यिय सहकारी र सरस्वति बचत तथा ऋण सहकारी संस्थाको सयुक्त आयोजनामा भएको बक्तृत्वकलामा प्रथम मंगलासैनि मावि खिरचौका, द्धितिय स्थान नन्दादेवि मावि कोटबाडा,तृतिय स्थान शान्तिमावि रातिमाटा र सान्तना स्थानमा रमा मावि कालासिल्ला आएको बताइएको छ ।

उक्त कार्यक्रममा ७ वटा माविको सहभागिता भएकोमा गाउँ पालिकाबाट अन्य सहभागिलाई कपि डटपेन प्रदान गरिएको छ ।त्यसै गरी हिमचुलि कृषि सहकारी संस्था लि.पादमघाट सेवा कार्यालयको आयोजना तथा महावै गाउँ पालिकाको सहयोगमा पादमघाटमा बक्तृत्वकला आयोजना गरिएको छ ।

बक्तृत्वकलामा सहभागिहरुले प्रथमलाई पांच हजार,द्धितियलाई ३ हजार,तृतियलाई २ हजार र सान्तवनालाइ १ हजार पुरुस्कार सहित प्रमाण पत्र प्रदान गरिएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । संस्थाको रास्कोट सेवा कार्यालयमा रास्कोट नगरपालिकाको कृषि शाखाको आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ ।

रास्कोट नगरपालिका प्रमुख तथा हिमचुलि कृषि सहकारी संस्थाका पूर्व संचालक काशिचन्द बरालको उपस्थितिका साथै संस्थाका अध्यक्ष कालि बहादुर महताराको विशेष उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको सेवा कार्यालय रास्कोटका व्यवस्थापक मनिका बोहराले बताउनु भएको छ ।

सहकारी संस्थाले आज विहान सदरमुकाम मान्म रहेको केन्द्रिय कार्यालयमा सरसफाइ समेत गरेको बताइएको छ । त्यसै गरी मेहलमुडी सेवा कार्यालयले कार्यालयका कर्मचारी र उपाध्यक्ष देवनारायण संज्यालको उपस्थितिमा शुभकामना आदानप्रदान गरेर मनाइएको व्यवस्थापक कृष्ण प्रसाद बरालले बताउनु भएको छ भने जारकोट सेवा कार्यालयले फिल्ड स्तरमा सदस्यहरुको विचमा अन्तरक्रिया तथा छलफल गरेर ६५ औं सहकारी दिवस मनाइएको छ ।

जिल्लाभर ४ सय बढि सहकारी भएपनि हिमचुलि कृषि सहकारी सस्थाले मात्र सबै स्थानिय तहमा एक साथ सहकारी दिवस मनाएको छ ।कालीकोट जिल्लामा विगतको तुलनामा यस वर्ष सहकारी दिवस विद्यार्थिहरुका माझ मनाउदा राम्रो सन्देश गएको संस्थाका सचिव सरोज बोगटीले बताउनु भएको छ । बक्तृत्व कलामा ६ बुद्धे प्रतिवद्धता समेत गरिएको छ ।

जसमा
१.खांडाचक्र नगरपालिकाका सबै माविहरुमा सहकारी क्लवहरु गठन गर्ने र त्यसमा सबै विद्यार्थिहरु आवद्ध हुने ।
२.क्लवमा सहभागि सबै विद्यार्थिहरु अनिवार्य बचतमा सहभागि हुने ।
३.क्लवमा सहभागि भएका विद्यार्थिहरुका अभिभावकहरु अनिवार्य रुपमा हिमचुलि कृषि सहकारी संस्थाको सदस्य बन्ने ।
४. प्रत्येक विद्यालयले महिनाको एक पटक सहकारी सम्बन्धि हाजिरी जवाफ,निवन्ध,देउडा तथा बक्तृत्व कला आयोजना गर्ने ।
५.सहकारी सम्बन्धि अध्ययनका लागि सहकारी पुस्तकालयको व्यवस्थापन गर्न विभिन्न निकायहरु संग समन्वय गर्दै अध्ययन गर्ने ।
६.हिमचुलि कृषि सहकारी संस्था संग समन्वय गरी प्रत्येक विद्यालयमा सहकारी बित्तीय शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित