कालीकोट । पहिलो पटक जिल्लाका सबै माध्यमिक बिद्यालयमा सहकारी क्लब गठन गरिने भएको छ । हिमचुली कृषि सहकारी संस्था लिमिटेड द्वारा जिल्लाका माध्यमिक बिद्यालयमा क्लब गठन गर्ने र सहकारी गतिबिधी संचालन गरिने भएको हो ।
हिमचुली कृषि सहकारी संस्था लिले आयोजना गरेको ६५ औ रास्ट्रीय सहकारी दिवशका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बिद्यार्थी तथा शिक्षकहरुले सो प्रतिबद्धता जनाएका हुन ।
खांडाचक्र नगरपालिकामा आयोजना गरिएको कार्यक्रमा बोल्दै जिल्ला शिक्षा बिकाश समन्वय इकाइ कालीकोटका निमित्त प्रमुख प्रकाश चन्द्र धितालले संस्थाले बिद्यालयमा गरिने सहकारी गतिविधिमा आफुले सक्दो सहयोग गर्ने बताउदै आगामी दिनमा यस्त रचनात्मक काम गर्न समेत आग्रह गर्नु भएको छ । त्यसै गरी खांडाचक्र नगरपालिका प्रशासकीय अधिकृत अबिराज शाहिले नगरपालिकाले आगामी दिनमा उचित बजेट ब्यबस्थापन गरेर सहकारी गतिविधिका लागि पर्ने बताउदै नगरपालिकाले विशेष जोड दिने बिस्वास दिनु भएको छ ।
सहकारीको क्षेत्रमा बेग्लै पहिचान र भुमिका निर्बाह गर्दै आएको हिमचुली कृषि सहकारी संस्था लिमिटेडले कालीकोटमा जिल्लाभर एकसाथ सहकारी दिवश मनाएको संस्थाका सचिब सरोज बोगटीले बताउनु भएको छ । सचिब बोगटीका अनुसार संस्थाले बिद्यालयका बालबालिकाहरुमा सहकारीका बारेम जानकारी गर्ने र बचतमा सहभागी गराउने उद्वेस्यले सहकारी क्लब गठन गर्न लागेको बताउनु भएको छ ।
सो बक्तृत्वकलामा ६ बुद्वे साझा प्रतिबद्धता समेत गरिएको संस्थाका मुख्यब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भयो । कालीकोट जिल्लाभर ९ वटा सेवा कार्यालय रहेको हिमचुली कृषि सहकारी संस्थाले विभिन्न काम गर्दै आएको छ ।
यस्ता छन साझा प्रतिबद्धताहरु
१.खांडाचक्र नगरपालिकाका सबै माविहरुमा सहकारी क्लवहरु गठन गर्ने र त्यसमा सबै विद्यार्थिहरु आवद्ध हुने ।
२.क्लवमा सहभागि सबै विद्यार्थिहरु अनिवार्य बचतमा सहभागि हुने ।
३.क्लवमा सहभागि भएका विद्यार्थिहरुका अभिभावकहरु अनिवार्य रुपमा हिमचुलि कृषि सहकारी संस्थाको सदस्य बन्ने ।
४. प्रत्येक विद्यालयले महिनाको एक पटक सहकारी सम्बन्धि हाजिरी जवाफ,निवन्ध,देउडा तथा बक्तृत्व कला आयोजना गर्ने ।
५.सहकारी सम्बन्धि अध्ययनका लागि सहकारी पुस्तकालयको व्यवस्थापन गर्न विभिन्न निकायहरु संग समन्वय गर्दै अध्ययन गर्ने ।
६.हिमचुलि कृषि सहकारी संस्था संग समन्वय गरी प्रत्येक विद्यालयमा सहकारी बित्तीय शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
Discussion about this post