गगनले सिन्धुपाल्चोकबाट ओलिलाइ क्यान्सर खर्च लिन आउनु भनेपछि ….

7
SHARES
15
VIEWS

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ‘एमाले अध्यक्ष ओलीलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भनेका छ्न । उनले  केही दिन अघि नेपाली कांग्रेसका सभापति तथा  प्रधानमन्त्री देउबालाइ एमालेले वृद्ध भत्ता दिने एमाले छदै छ भन्ने कटाक्षको जवाफ दिदै ‘हामी त्यो स्तरमा जान मिल्छ ?’भन्ने प्रश्न गरेका थिए ।

महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको  भन्दै प्रश्नसमेत गरेका छन् । ओलीप्रति प्रश्न गर्दै थापाले भने, ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको  भनेर सोध्न सक्नुपर्छ ।’ स्थानीय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ ।
गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले काँग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गरे । यस्तै थापाले जनतासँग नेता डराउनुपर्ने बताएका छन्  ।
अघिल्लो चुनावमा गर्छु भनेका काम र विकास  पूरा नगराएका व्यक्ति जनतासँग डराउनुपर्ने तर यसको उल्टो हुँदै गएको बताए ।सरकारले केही दिन अघि क्यान्सर पिडितलाइ मासिक ५ हजार रकम दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित