शहिद समरको आमा कलावतिको निधन प्रति माओवादी केन्द्र कालीकोटद्धारा दुख व्यक्त

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले शहिद क.समरको आमा कलावति न्यौपानेको निधन प्रति दुख व्यक्त गरेको छ ।

नेकपा(माओवादी केन्द्र) कालीकोटका जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)द्धारा हस्ताक्षरित शोक विज्ञप्तिमा रास्कोट ९ निवासि कलावति न्यौपानेको ७० वर्षको उमेरमा असामयिक निधन भएकोमा दुख व्यक्त गर्दै मृतक न्यौपाने प्रति श्रदान्जली व्यक्त गर्दै घरपरिवार तथा आफन्तजनमा शोकलाई शक्तिमा बदल्न अनुरोध गरेको छ ।

मृतक न्यौपानेका एक मात्र छोरा धनिराम न्यौपाने(समर)को युद्धविराम हुनु भन्दा दुई दिन अघि बांकेमा शाहदत भएको थियो ।मृतक न्यौपानेको निधन प्रति रास्कोट नगरपालिकाका प्रमुख तथा नेकपा(माओवादी केन्द्र)केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बराल(विराट)ले दुख व्यक्त गर्नु भएको छ ।

रास्कोट ९ चुत्रिकोटमा ६ जना  जनयुद्धका शहिद रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित