पचालझरनामा स्वस्थ नागरिक बनाउन योग शिविर संचालन गर्छौं –विरेन्द्र संज्याल

7
SHARES
15
VIEWS

कालीकोट,असार । पचालझरना गाउँ पालिका स्थित स्वस्थ्य विकास शाखाका प्रमुख विरेन्द्र संज्यालले पचालझरना गाउं पालिकाका नागरिकहरुको स्वस्थ्य अवस्थामा समस्या आउन नदिनका लागि सबैलाई स्वस्थ्यको पहुंचबाट टाढा नहुने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा आयुर्वेद केन्द्रहरु मार्फत योग शिविर शुरु गर्ने बताउदै अहिले रहेका स्वस्थ्य चौकीहरुको स्तर उन्नतिभौतिक संरचना मर्मत सम्भार लगाएतका काम गर्ने र आधारभुत स्वस्थ्य सेवा केन्द्रहरुलाई व्यवस्थित गर्ने संज्यालले बताउनु भएको छ ।

पछिल्लो समयमा स्वस्थ्यकर्मिहरुलाई कोरोनामा केन्द्रित गरेको बताउदै प्रमुख संज्यालले पचालझरना गाउँ पालिकामा स्थापना हुन लागेको १५ सैयाको अस्पतालको थालनि गरी स्वस्थ्य विशेषज्ञ मार्फत सेवा दिने र ल्याव तथा फार्मेसिको व्यवस्थापन गर्ने योजना रहेको बताउनु भएको छ ।

स्वास्थ्य विमाका बारेमा कर्नालि संचार संग कुरा गर्दै स्थानिय स्तरमा प्रभावकारी नभएकाले आगामी दिनमा व्यवस्थित गरेर सबैलाई विमा कार्यक्रममा सरिक गराउन आफु लागि पर्ने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा बाकी रहेका वडा न. ५ ,६ र ९मा समुदायालाई स्वस्थ्य इकाइ केन्द्र हस्तान्तरण गर्न बाकी रहेको बताउदै अन्य वडाहरुमा जनशक्ति व्यवस्थापन समेत भइ सुचारु भएको बताउनु भएको छ ।  पचालझरना गाउं पालिकामा कार्यरत ५४ जना स्वस्थ्यकर्मिहरुको विमा गराएको स्मरण गर्दै स्वस्थ्य क्षेत्रमा कुनै पनि समस्या आउन नदिन एम्बुलेन्स संचालनमा ल्याएको समेत जानकारी दिनुु भएको छ ।

जिल्लामा सबै भन्दा अघि एम्बुलेन्स ल्याउने स्थानिय तह पचालझरना भएको प्रमुख संज्यालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित