कर्नालि प्राविधिक शिक्षालयको बजेट बढाउन शिक्षा मन्त्रि प्रतिवद्ध

7
SHARES
15
VIEWS

काठमाडौँ । जुम्लामा रहेको कर्णाली प्राविधिक शिक्षालयका भवनहरू जीर्ण अवस्थामा पुगेको र यसले शैक्षिक गुणस्तरमा समेत असर पर्ने भएकाले भौतिक संरचना मर्मत सम्भारका लागि शिक्षालयले बजेट माग गरेको छ ।

२०३७ सालमा स्थापना भएको प्राविधिक शिक्षालयका भवनहरू पुराना बनेका छन्, वर्षैपिच्छे अति न्यून मात्रामा बजेट जाने भएकाले पुनर्निर्माणमा बजेट अपुग हुने गरेको शिक्षालयका प्रमुख टेकेन्द्र थापाले सीआईएनसँग बताउनुभयो ।

शिक्षालयमा हाल विभिन्न तहमा गरी ८ सय ३२ जना विद्यार्थी अध्ययनरत छन् ।

टाढाटाढाका २ सय ५० जना विद्यार्थी शिक्षालयमा नै बसेर पढिरहेका छन् भने बाँकी शिक्षालय बाहिर बसिरहेका छन् ।

६ सय ५२ रोपनी जग्गामा फैलिएको प्राविधिक शिक्षालयका ५८ ओटा भवन छन् । ती भवनका छत, भित्ता, शौचालयदेखि अन्य भौतिक संरचना पनि निर्माण गर्नुपर्ने भए पनि बजेट अभाव रहेकाले समस्या भएको प्रमुख थापाले बताउनुभयो ।

भौतिक संरचना पुरानो भएकाले भूकम्प वा अन्य कुनै प्राकृतिक विपति आएको खण्डमा भत्किन सक्नेतर्फ सचेत गराउदै शिक्षालयले यसको मर्मत र व्यवस्थापनको लागि सरकारसँग बजेट माग गरेको छ ।

सीआईएनसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भने शिक्षालयको स्तरोन्नतिको लागि काम भइरहेको दाबी गर्नुभयो ।

उहाँले शिक्षालयका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको भन्दै चाँडै मर्मत सम्भारको काम सुरु गर्नेगरी निर्देशन दिने  प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जुम्लाको प्राविधिक शिक्षालय मात्र नभइ देशभरका प्राविधिक शिक्षालयको मर्मत सम्भार र व्यवस्थापनको लागि काम गरिरहेको मन्त्री पौडेलको भनाइ छ ।यो खवर सिआइएनमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित