कालीकोटको विथलडांडामा २५ औं प्रतिरोध दिवस मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा जनयुद्ध शुरुवातको चरणमा तत्कालिन सरकारले जनदमनका कारण प्रतिरोधमा उत्रिएका महिलाहरुको उच्च कदर गर्दै विप्लव नेतृत्वको नेकपाले माल्कोटमा २५ औं प्रतिरोध दिवस मनाएको छ ।

२०५४ साल चैत्र २६ गते हालको नरहरिनाथ गाउँ पालिका वडा न.६(माल्कोट)मा स्थानिय महिलाहरुले प्रहरी विरुद्ध प्रतिरोध गर्दै एक थ्रिनट थ्रि राइफल कव्जा गरेर नेकपा(माओवादी)लाई बुझाउनुका साथै एक जना प्रहरीको महिलाहरुको प्रतिरोधमा ज्यान गएको थियो । सोही दिनको अवसरमा माल्कोटमा एक कार्यक्रमका विच २५ औं प्रतिरोध दिवस मनाइएको हो । नेकपाका केन्द्रिय सदस्य कर्ण भण्डारी(विराट),जिल्ला सेक्रेटरी मनिलाल ऐडी (रणदिप) र अनेमसंघ(क्रान्तिकारी)की केन्द्रिय सदस्य शान्ति विकको उपस्थितिमा प्रतिरोध दिवस मनाइएको हो । सो कार्यक्रममा प्रतिरोधमा सहभागि विजा,पुना विकलाई विप्लव नेकपाले सम्मान सहित कदर पत्र प्रदान गरेको छ ।

उक्त प्रतिरोध दिवसमा माल्कोटी महिलाको इतिहांसले नेपालबाट नयाँ सन्देश दिएको बताउदै केन्द्रिय सदस्य विराटले विथलडाँडाको त्यागको आज कोही कोहीले व्याज खाएको तर आफ्नो पाटीले त्यसको धोका नदिने बताउनु भएको छ । अनेमसंघ कालीकोटको आयोजनामा प्रतिरोध दिवस मनाइएको बताइएको हो ।

गएको वर्ष नेकपा(माओवाी केन्द्र) र विप्लव नेतृत्वको नेकपाले प्रतिरोधमा सहभागि महिलाहरुलाई सम्मान कार्यक्रम गरेको थियो । गएको महिना उक्त प्रतिरोधमा संलग्न प्याउकला विकको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित