पलातामा प्रथम मुख्यमन्त्री शाही सहित वरिष्ठ नेता द्वारा सम्बोधन, माओवादी केन्द्रलाइ कालीकोटमा १ नम्बर बनाउने दाबि

7
SHARES
15
VIEWS

कालीकोट।नेकपा(माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले लोकतान्त्रिक गणतन्त्र सफल पार्न पलाता बासिको महत्त्वपूर्ण योगदान रहेको बताउनु भएको छ । नेकपा( माओवादी केन्द्र)पलाताको आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रथम मुख्यमन्त्री शाहीले सो कुरा बताउनु भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथी समेत रहेका शाही सहित केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बरालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा पुर्ब सांसद जीवन बुढा,संघीय सांसद दुर्ग रावत लगाएतका नेताहरुले अब कालीकोट जिल्लामा गठबन्धन गरेर अघि बढ्ने प्रयास जारी रहेको बताउदै लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकाशलाइ सिर्योधार्य गर्ने दलहरु एक भएर अघि बढेकाले सबैको सम्मानजनक प्रतिनिधित्व हुने गरेर आगामी निर्वाचनमा अघि बढ्ने दाबी गर्नु भएको छ । नेताहरुले गठबन्धन नभएपछि आफुहरुको जिल्लाभर बहुमत ल्याउने बताउनु भएको छ । नेकपा(माओवादी केन्द्र)पलाता गाउँ कमिटी अध्यक्ष बिष्णु रोकायको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मानबहादुर भण्डारीले स्वागत गर्नु भएको बताइएको छ । सो कार्यक्रममा कर्नाली प्रदेश सदस्य तथा पलाता इन्चार्ज अनन्त बिकको समेत उपस्थिति रहेकोे र हजारौं समुदायको सहभागिता रहेको कार्यक्रम पछि आन्तरिक जनशक्ती संग छलफल भएको छ । चुनाव केन्द्रित उम्मेदवारीका बिषयमा तत्काल निर्णय गर्न निर्देशन दिएको बताइएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित