जनप्रतिनिधिको कार्यकाल भरी कुनै पनि सेवा सुविधा नलिने पलांताका नवराज बुढाको प्रतिवद्धता

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचन नजिकीदै जाने क्रममा युवाहरुको सक्रियता बढ्न थालेको छ ।

आउदो स्थानिय तहको निर्वाचनका लागि युवाहरुले चासो देखाएका छन । त्यस्तै पलाँतालाई रुपान्तरण गरी समतामुलक पलाँता निर्माण गर्न व्यवसायि तथा युवा नेता नवराज बुढाले आफुले पलाता वडा न.२को वडा अध्यक्षको उम्मेद्धारी दिने घोषणा गरेका छन ।

बुढाले आफुले वडा अध्यक्षमा जित हांसिल गरेपछि कुनै पनि सेवा सुविधा नलिने र निरन्तर जनताको सेवा गर्ने बताएका छन । उनले पलांता गाउँ पालिकामा शुरु भएको माओवादी केन्द्रको चुनावि अभियानमा वडा न.२को वडा अध्यक्षको आकांक्षि रहेको र पलांताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि १० बुद्धे प्रतिवद्धता सहित उम्मेद्धारीको घोषणा गरेको बताएका छन ।

उनले भनेका छन मेरो चुनावको प्रमुख एजेण्डा रहेको सम्पुर्ण पलाता बासी आमा बुवा दाजुभाइ,दिदीबहिनी लगाएत शुभचिन्तकलाई जानकारी गरिएको बताएका छन ।विशेष गरी निर्णायलाइ सकारात्मक उर्जा प्रदान गर्ने युवा पुस्तालाई आग्रह गरेका छन ।

समाज निर्माण को लागि पलाताबासी नागरिकको समृद्धिका लागि यही बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा पलाँता गाउँ वडा नम्बर २ को अध्यक्ष पदमा उम्मेदवारी आजैका दिन देखि सामाजिक संजाल मार्फत घोषणा गरेको छु । त्यसै गरी नवराज बुढाले मैले उम्मेदवारी घोषणा गर्दै गर्दा तपाईंहरु पलाताबासी सम्पुर्णलाई बिश्वास दिलाउन चाहान्छु कि नागरिकको जिबन स्तर उकास्नको लागि हदैसम्म निर्मम भइ नागरिकको पक्षमा दिनरात खटिएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्द्छु ।

उनि लामो समय देखि जिल्ला सदरमुकाम मान्म बजारमा व्यवसाय गर्दै आउनु भएको छ । पलांतामा कोरोना महामारी तथा अन्य समयमा जनताको सेवा गर्दै आएका बुढाले अहिले जनताको सेवा गर्न आतुर रेको बताएका छन ।
नवराज बुढाले जाहेर गरेको प्रतिद्धताका बुदाहरु
१.प्रत्येक तीन महिनाको सार्वजनिक सुनुवाइ गर्ने ।
२.हरेको हिसाबकिताब सहि ढंगले राख्ने पारदर्शी तरिका अपनाउने
३. जनसमुदाय तथा,राजनैतिक दल र अगुवाहरुको सुझाबले मात्र काम गर्ने ।
४.प्रबिधी मैत्री वडा बनाउने,राडुनेटालाइ नमुना बजारमा रूपान्तरण गर्ने ।
५.जनताको पाएक पर्ने स्थानमा पलांता अस्पताल र इलाका प्रहरी कार्यलय ल्याउने ।
६ पलातामा रास्ट्रीय प्रसारणलाइन बिस्तार गर्दै उज्यालो दिने
७. राज्य बाट पाउने कुनै पनि सेवा सुबधा नलिने।
८. शैीक्षक सुधार गर्दै गुणात्मक परिवर्तन ल्याउने
९.बेरोजगार युबा उध्धमीहरुको लागि सहुलियत ब्याजदरमा बिना धितो कर्जा प्रवाह गर्नका लागि घुम्ती कोषको व्यवस्था गर्ने   

१०.बिपन्न बाल्बालिकालाइ आपतालिन सेवा दिने र कम्तीमा ३ जना जेहन्दार बालबालिकालाई प्राविधि शिक्षामा सहुलिएत दिने व्यवस्था गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित