कर्नालि प्रदेशमा कोरोना जितेर घर फर्कनेको संख्या ४९४

7
SHARES
15
VIEWS

सुर्खेत,असार । पछिल्लो समयमा कर्नालि प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ ।

कर्नालि प्रदेशका जिल्लाहरुमा स्थापना भएका आइसोलेसनमा रहेका एक सय ५२ जनाले बुधबार एकैपटक कोरोना जितेर घर फर्किएपछि कर्नालि प्रदेशमा कोरोनाबाट मुक्त हुने क्रम बढेर चार सय ९४ पुगेको हो । दैलेख अस्पतालबाट ४३ र दैलेखको महाबु आइसोलेसन सेन्टरबाट १०६, नारायण आइसोलेसन सेन्टर र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी १५२ जनाले कोरोना जीतेर घर फर्किएका हुन् ।

अझै ६ सय १० जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् ।
हालसम्म कर्नालिका कुल १ हजार १ सय ४ जनामा कोरोना संक्रमण पृष्टि भएको बताइएको छ । कर्नाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार मात्रै १सय९१ जना एकैसाथ कोरोना जीतेर घर फर्किएको बताइएको छ ।

दैलेख जिल्लाको दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट एकसय २०, सल्यान अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी एकैदिन १सय ९१ जनाले कोरोना जितेको
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले कर्नाली प्रदेशमा कोरोना जीतेर घर फर्किनेको संख्या बढिरहेको बताउनु भयो ।वहांले भन्नु भयो घरमा पनि सर्तकर्ता अपनाउन अनुरोध गरेका छौं ।
यस अघि कर्नालि प्रदेशमा कोरोना पुष्टि भएका तीन जनाको मृत्यु भइसकेको छ । कर्नालि प्रदेशमा दैलेखमा ६ सय ३६ जना, मुगुका दुई जना,हुम्ला र डोल्पामा एक,एक तथा सल्यान एकसय ३७, सुर्खेत दुईसय ३७, जाजरकोट आठ, कालिकोट ४२, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पुष्टि भएको स्वस्थ्य सेवा महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित