नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीबीच किन हुँदैछ भिडियो कन्फरेन्स

7
SHARES
15
VIEWS

काठमाडौं,असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच पार्टी सञ्चालनबारे अनुभव आदान प्रदान हुने भएको छ । शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुई पार्टीका नेताहरुबीच छलफल हुन लागेको हो ।

नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा हुने कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी हुनेछन् ।

नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन् । पोखरेल नेकपामा स्कुल विभाग प्रमुख पनि हुन् ।
त्यसैगरी चीनको राजधानी बेइजिङबाट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओ लगायतका नेता सहभागी हुनेछन् ।

नेकपाका स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलका अनुसार दुई देशको सम्बन्ध, पार्टी सञ्चालन, समाजवाद, विकासका मोडल, क्रस बोर्डर कनेक्टीभिटी लगायतका विषयमा कुराकानी र भैरहेका कामका अनुभव आदान प्रदान गरिनेछ ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका पौडेलले करिव सय जना सहभागी हुने उक्त कन्फरेन्समा केन्द्रीय पार्टी कार्यालय र प्रदेश कार्यालयहरुमार्फत् व्यवस्था मिलाइएको छ ।

‘फरक फरक ठाउबाट सहभागीहरुले प्रतिनिधित्व गर्दै हुनुहुन्छ । धेरैजसो केन्द्रीय कार्यालयबाट र बाँकी प्रदेश कार्यालयहरुबाट पनि सहभागी बन्ने व्यवस्था मिलाइएको छ’ । अहिले कोरोनाका कारण सम्भव भएन र भिडियो कन्फरेन्समार्फत गर्न लागिएको हो ।’

गत वर्ष असोजमा काठमाडौंमा दुवै देशका पार्टीको पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी तथा प्रशिक्षण सम्पन्न भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच पहिलो पटक भएको उक्त छलफलपछि नेताहरुले धेरै अनुभव सिक्न पाएको प्रतिक्रिया दिएका थिए त्यतिबेला पनि विभाग प्रमुख सोङ थाओकै नेतृत्वमा प्रशिक्षण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित