को होला रास्कोटको मेयर ? कस्तो हुंदैछ रस्साकस्सि ?

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदारका आकाँक्षिहरुको लहर चलेको छ । सबै भन्दा भिन्न र फरक ढंगले हेर्ने गरिएको रास्कोट नगरपालिकामा गठबन्धन नभएको खण्डमा नेकपा(माओवादी केन्द्र)ले अत्याधिक मतले विजयि हुने र सोका लागि छ  जनाको उम्मेद्धारी रहेको बताइएको छ ।

पछिल्लो समयमा सबै भन्दा चर्चामा रहेका र २०७४ सालको स्थानिय तहको निर्वाचनमा दावि गरेका धर्मराज शाही(पोषण) सहित आधा दर्जन बढि उम्मेद्धारीका रुपमा रहेको छ । आ आफुले बलियो भएको र जित सुनिश्चित हुने दावि गरेपनि भेग, क्षेत्र तथा जातिय हिसावले फरक विश्लेषण हुन थालेको छ ।

कसैले पार्टीको एक मत भएर अघि बढेपछि जित हुने दावि गरेका छन भने कसैले जातिगत रुपमा हेर्न र विश्लेषण हुन थालिउको छ । यस मध्येका चर्चामा रहेको पात्र साविकको फुकोट गाविसका विष्णु बराल(विजय)कालिबहादुर महतारा(रविन्स) र जगत शाही (शिखर)को चर्चा चलेको छ भने दलित क्षेत्रबाट भैरे लुवार(लाइट)को पनि चर्चा चल्न थालेको छ । साविकको स्युना गाविसबाट धर्मराज शाही(पोषण) र सिपखाना गाविसबाट पूर्व मेयर मिमसरा शाही(बम)का साथै पदम खड्का(सुवास)को चर्चा चलेको छ ।

सबै भन्दा वरिष्ठ भित्रका विष्णु बराल(विजय) बरिष्ठ भित्र पर्दछन भने त्यस पछि कालि बहादुर महतारा(रविन्स) र जगत शाही(शिखर) रहेको जानकारहरुले बताउदै आएका छन ।तिनै जना रास्कोटमा लामो समय अर्थात भुगोलको जिम्मामा नरहेको बताइएको छ ।

यस अघि नेकपा(माओवादी) विभाजन देखि पार्टीलाइ जोगाइराख्ने नेताका रुपमा धर्मराज शाहीले दावि गर्दै आएका छन ।जनमुक्ति सेनामा लामो समय काम गर्दै आएका नगर उपप्रमुख मिमसरा बमको पनि महिलालाई प्राथमिकता दिनु पर्नेमा जोड रहेको छ भने जनमुक्ति सेनामा काम गर्दै आएका पदम खड्का(सुवास)को पनि आफुले पाउनु पर्नेमा दावि रहेको छ ।

रास्कोटमा सबैले आ आफ्नो दावि गरेपनि भुगोल र जनताका साथै कार्यक्रताहरुमा लोकप्रिय आफुमा रहेको कालि बहादुर महताराको दावि रहेको छ । उनले आफु कुनै पनि जिम्मेवारीमा नरहेकाले रास्कोट नगरपालिकाको प्रमुख आफुले पाउनु पर्ने जिकिर गरेका छन । उनले कर्नालि संचारलाई दिएको जानकारी अनुसार क.विजय रास्कोट नगरपार्टीको इन्चार्ज भएको र धर्मराज शाही(पोषण) पार्टीको अध्यक्ष भएकाले सत्ताको जिम्मेवारी आफुले पाउनु पर्ने र सो जिम्मेवारी पाएमा जित हुनेमा ठोकुवा गर्नु भएको छ ।

विष्णु बरालले पनि पार्टी जिम्मेवारी पुरा गर्ने सवालमा आफुले जिम्मेवारी पाएमा सत्ता संचालनमा पनि नौलो पन दिने बताउदै सबैले आफुलाई साथ दिनेमा ढुक्क रहेको बताइएको छ ।
मेयरका आकांक्षिहरको कस्तो छ राजनैतिक यात्रा र भावि उद्देश्य  :
विष्ण प्रसाद वराज (विजय)
वुवा : देवमणी वराल
आमा : दुर्गादेवी वराल
जन्म मिति :२०३६ साल भाद्र ९ गते
जन्म स्थान :रास्कोट नगरपालीका वाड नं८ पाटेडील
आर्थिक अवस्था :निम्न गरिव परिवार
२०४१ साल वाट जनजागृति निम्न माध्यामिक विद्यालयमा कक्षा १ देखि ७ सम्म अध्यायन
वडी मालिका माध्यामीक विद्यालय रास्कोट मा कक्षा १० मा अध्यायन गर्दा गर्दै अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनमा संगठित भई २०५३ सालमा नेकपा माओवादी पार्टी ले नेतृत्वमा संचालित जनयुद्धमा अर्घभूमिगत अवस्थामा राजनीति कार्यमा संलग्न भई स्वयम सेवक दलको सदस्य भई २०५५ साल माघ १६ गते पूर्णकालिन भई भूमिगत भएको । २०५६ सालको असारमा तत्कालिन फुकोट गाविसमा रहेको सुरक्षा दलको कमाण्डर २०५६ साल जेठ १६ पार्टी सदस्यता प्राप्त गरी २०५६ कै कार्तिक वाट साविक को वदालकोट,राम्नाकोट थिर्पु,खिन,धौलागोह र वाजुराको साप्पाटा जुकोट वाई सम्मको एरियाका एसिएम पछि यरिया सेक्रेटरी ,२०५९साल जेठ मा जिल्ला कमिटि सदस्य ,२०५९ सालको अन्तिम तिर जिल्ला कमिटि सचिवालय सदस्य हुदै जिल्ला सैन्य मुख्यालयमा रहदै यस टि एफ को कमिसार त्यसको लगतै जनमुक्तिसेना कम्पनि कमिसार ,०६० साल मा जनमुक्ति सेना वटालियन कमिसार ,२०६१ सालमा सातौ डिभिजन वाट छैटौ डिभिजनमा सरुवा भई विग्रेट साहायक कमाण्डर सोहि क्रममा देश भरिका साना ठुला गरी ३५ वटा लडाईका मोर्चामा प्रत्यक्ष सहभागी भएको थिए ।
जनमुक्ति सेवा क्याम्पमा वसेको वेला सुर्खेत को गुमि उ मा वि वाट १२ पास
२०६५ पछि नेकपा माओवादी पार्टीको सुर्खेत जिल्ला मा रहि विरेन्द्रनगर नगपालीका को इन्चार्ज ५ वर्ष सम्म
२०७४ सालको निवार्चनमा कालिकोट जिल्ला आई रास्कोट नगरपालीका वाड नंं ८को वाड सदस्यमा निर्वाचित र नगरपालीकाको न्यायीक समिति सदस्य ।
२०८७ साल माघ वाट नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश कमिट सदस्य र रास्कोट नगरपालीका कालिकोट को इन्चार्ज को जिम्मेवारीमा कार्यरथ रहेको छु

…………………….
कालिबहादुर महतारा (रविन्स)
जन्ममिति :२०३५ साल माघ १८ गते
जन्म स्थान :कालिकोट जिल्ला रास्कोट नगरपालीका वाड नं. ७ ,पुच्र्छेगाउ
वुवा :वुद्धि महतारा
आमः महतारा
आर्थिक अवस्था : निम्न किसान परिवार
शैक्षिक योग्यता : गाउँको पंच प्राथमिक विद्यालय तोली मा प्राथमिक अध्यायन शुरु गरी २०५२ सालमा वडिमालिका माध्यामिक विद्यालय रास्कोट कालिकोट वाट यस एल सि पास ,२०५४ सालमा वहुमुखी क्याम्पस सुर्खेत वाट गणीत,अर्थशास्त्र विषयमा आइ एड ,२०७४ सालमा तिला कर्णाली वहुमुखी क्याम्पस कालिकोट वाट राजनीतिशास्त्र मा वि एड(स्नातक)
राजनीति जीवनको शुरुवात ः २०४६ सालको जनआन्दोलन वाट देशमा भएको राजनीति परिर्वतन सगै २०५० सालमा कक्षा दशमा अध्यायन गर्ने क्रममा नेकपा माओवादी को भातृसंगठन विद्यार्थी संगठनको विद्यालय इकाइ कमिटि मा संगठित भई २०५४ मा सुर्खेत वहुमुखी क्याम्पस इकाइ कमिटि सचिव २०५२ साल फाल्गुण १ गते सामान्ती राजतन्त्रको अन्त्य गरी जनताको जनवादी सत्ता स्थापना गर्ने उद्देश्यले जनयुद्धको थालनी भए पछि २०५५ साल फाल्गुण सम्म अर्ध भूमिगत भइ नेकपा माओवादीको राजनीति काम सक्रियता २०५५ साल चैत्र ९ गते पूर्णकालिन (भूमिगत) भइ जनयुद्धमा सहभागी
२०५६ असोजमा पार्टी सदस्य ,२०५६ सालको माघमा एरिया कमिटी सदस्य २०५७पौष मा पार्टी एरिया कमिटि सचिवालय सदस्य ,२०५८ साल कातिक महिनामा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) को साविका रकु,मेहलमुडी,मुम्रा,सिपखाना,स्यूना,फुकोट गा.वि.स.को गठित एरिया नं. २ को मुम्रा डाडुके मा वसेको वैठकले एरिया कमिटी सेक्रेटरी को जिम्मेवारी दिर्एको थीयो ।
२०५९ साल भदौ मा नेपाल कम्युष्टि पार्टी माओवादी कालिकोट जिल्ला कमिटि सदस्य एरिया नं.९ को इन्चार्ज ,२०५९ साल को फाल्गुण महिना माल्कोटमा वसेको जिल्ला कमिटिको वैठक वाट जिल्ला कमिटि सचिवालय सदस्यको जिम्मेवारी को साथै कमाण्ड नंं ४ को इन्चार्ज सोहि क्रममा २०६० सालमा कमाण्ड नंं २ रकु,मेहलमुडी,मुम्रा,सिपखाना,स्यूना,फुकोट को इन्चार्ज जिम्मेवारी
२०६४ मा पार्टी कार्यालय सचिव
२०६५ तत्कालीन नेपाल कम्यूनिष्ट पार्टी माओवादी द्धारा गठित भेरीकर्णाली राज्य समिति सदस्य , २०७० पछि नेकपा –माओवादी राज्य कमिटी सदस्य,नेपाल कमूनिष्ट पार्टी हुदै हाल नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)कर्णाली प्रदेश कमिटि सदस्य
सामाजिक क्षेत्र ः कक्षा १० मा अध्यायन कै क्रममा आफ्नै पहलमा तत्कालीन समयमा गाउमा भएका सामाजिक विकृतिका विरुद्ध संघर्ष गर्न शान्तिज्योति युवा क्लव गठन गरी त्यसको अध्यक्ष
 १ वर्ष ८ महिना २०५५ चैत्र ८ गते सम्म तत्कालीन जनजागृति निम्न माध्यामिक विद्यालय उच्च मा.वि. डुग्रीडाँडा फुकोटमा नीजि श्रोत शिक्षक काम गर्दै भूमिगतभएको
 रेडियो भेरी कर्णाली आवजको समचार प्रमुख ,पत्रकार महासंघको सदस्य
 कालिकोट जिल्ला भरी कार्यक्षेत्र रहेको हिमचुली कृषि सहकारी संस्था लि मा ९ वटा सेवा कार्यालय ४३ जना कर्मचारी, ४२ करोड कारोवार रहेको हिमचुली कृषि सहकारी संस्था लि.को २०६७ साल वाट उपाध्यक्ष ८ वर्ष सोही २०७५ असोज देखि हाल सम्म अध्यक्ष
 जिल्ला सहकारी संघ लि कालिकोटको अध्यक्ष ६ वर्ष
 प्रस्तावित कर्णाली प्रदेश सहकारी संघ लि. को सचिव
आगामी राजनीति उद्देश्य ः
 दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन वाट प्राप्त राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मूख आर्थिक सामाजिक राजनीतिक प्रणालीको विकास गर्ने ।
 हाम्रो समाजको मुख्य चुनौति भनेकै गरिव र वेरोजगारी हो । देशको कुल जनसंख्याको १८.६ प्रतिशत समुदाय गरिवीको रेखामुनी रहेका छन । वहुआयामीक गरिविको उच्च दर रहेको कर्णाली प्रदेश भित्रको कालिकोट जिल्ला रास्कोट नगरपालीका का समुदायले पनि यी सुचौतिको सामना गरी रहनु परेको छ । जल,जंगल,जमिन र जडीवुटी यहाँको मुख्य प्राकृतिक श्रोतहरु हुन । यीनै प्राकृतिक श्रोतहरुको व्यवसायीक खेति उत्पादन,प्रशोधन र वजारीकरण गरी स्वरोजगारीको सृजना गर्नु अवको स्थानिय सरकारको मुल जिम्मेवारी हो
 हाम्रा युवाहरु विदेशी भूमिमा ३ डि (डट्री,डिफिकल्ट,डयान्जरस) काम गर्न वाध्य छन कृषिको व्यवसायीकरण गरी युवाहरुलाई आफ्नै भूमिमा रोजगारी सृजना गर्ने ।
 सामाजिक कलंकको रुपमा रहेका भष्ट्चार,विकृति विसंगतिहरुको अन्त्य गरी शुसाषन युक्त सभ्य समाजनको निमार्णा गर्ने
 युग सुहाउदो शैक्षिक वातावरण ,सहज एव गुणस्तरीय स्वास्थ्य सेवा सवै समुदायलार्ई उपलब्ध गराउने ।

क्रमस ……………………………….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित