माओवादी केन्द्र महाबैमा ४ जना अध्यक्षका लागि सिफारिस

7
SHARES
15
VIEWS

कालीकोट । आउदो स्थानीय तहको निर्वाचनको लागि कालीकोटका विभिन्न पालिकामा रस्साकस्सी चलेको बेला महाबै गाउँ पालिकाले निर्बिबाद रुपमा ४ जनाको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) महावै गाउँपालिकाले लामो कसरत पछि अध्यक्षका आकांक्षी ४ जनालाइ सिफारिस गरेको हो । माओवादी केन्द्र गाउँ कमिटीको गत चैत्र २८ गते सुरु भएको कार्यालय स्तरीय बैठकले कृष्णकला शाही काफ्ले, खेम बहादुर सिंह, सर्पराज सिंह र हर्क बहादुर शाही गरी ४ जनाको नाम सिफारिस गरेको गाउँ कमिटी उपाध्यक्ष दुर्गा प्रसाद काफ्लेले बताउनु भएको छ ।
जसमा पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य , महावै गाउँ पालिका इन्चार्ज खेम बहाफुर सिंह, अ ने म संघ (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा पार्टी प्रदेश कमिटी सदस्य कृष्णकला शाही, गत स्थानीय निर्वाचन २०७४ को समेत अध्यक्षका प्रत्यासी सर्पराज सिंह र गाउँ कमिटी अध्यक्ष हर्क बहादुर शाही रहेका छ्न । जसमा महिला नेतृ काफ्ले प्रतिस्पर्धी आकांक्षीका रुपमा रहेको बताइएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा महावैमा ६ पार्टीहरुको घोषित गठबन्धनका कारण सिंहले पराजय वेहोर्नु परेको थियो ।
यस निर्वाचनमा पनि सर्पराज सिंहको समेत उम्मेदवारीमा पार्टीले सिफारिस गरेको छ । विद्यार्थी राजनीति बाट एकाएक पार्टी संगठनमा चर्चा बटुल्न सफल खेम वहादुर सिंह पनि उम्मेदवारका दावेदार हुन ।
सिंह पार्टीको प्रदेश कमिटी सदस्य तथा महावै गाउँ पालिका इन्चार्ज समेत रहेका छन । त्यसैगरी पार्टी गाउँ कमिटी अध्यक्ष रहेर लामो समय काम गरेका हर्क बहादुर शाही पनि अध्यक्ष आकांक्षी दावेदार हुन । पार्टीले समावेशीताको आधारमा महिलालाई पहिलो प्राथमिकतामा राखेर निर्णय गर्ने विश्वास कृष्णकला शाहीको रहेको छ ।
जिल्लामा एक स्थानीय तहमा महिला र पालिका स्तरका वडामा एक जना महिला अध्यक्ष अनिवार्य नीति लिएको माओवादी केन्द्रले महाबै पर्ने अपेक्षा गरिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित