कालीकोट ।आउदो स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको रस्साकसी भएको बेला तिलागुफा नगरपालिकामा भने माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख र उपप्रमुखको लागि सर्बसम्मत गरेको छ ।
युबा नेताका रुपमा चिनिदै आएका दिनेश चंदारा(दिग्दर्शन)र उपप्रमुखको लागि गिता कुमारी थापालाइ सर्ब सम्मत गरेको बताइएको छ ।
लामो समय सम्म चलेको बहस तथा बैठकले चदारा र थापालाइ सर्ब सम्मत गरेको हो । यस अघि ५ जना भन्दा बढी उम्मेदवार रहेको भएपनी अन्य नेताहरुले सर्बसम्मत गरेको नेकपा माओवादी केन्द्र तिलागुफा नगर कमिटीले जनाएको छ ।
जिल्लाका अन्य स्थानीय तहमा भने एकै पालिकामा १० देखि माथी आकांक्षी देखिएका छ्न।सोही कारण सर्बसम्मत हुन नसके पनि तिलागुफा नगर कमिटीले सर्बसम्मत गरेको हो ।
Discussion about this post