संगठन सिध्याउने कमरेड “वि काण्ड”…..

7
SHARES
15
VIEWS

प्रचण्डको फुट काण्ड
किरणकाे छुट काण्ड
सत्तरी बहिष्कार काण्ड
चाैहत्तर बहिष्कार काण्ड
प्रचण्ड,प्रभाकर,रामशरण ,गगन बम काण्ड
पुष्टि भयाेत?
कमरेड वि काण्ड

पचहत्तर जेठ १२ काे घट्टेकुलाे प्रज्वल काण्ड
चाबहिल महान,दिपेन्द्र,निरन्तर काण्ड
सर्लाही कुमार पाैडेल काण्ड
मिक्लाजुङ माेरङ शिक्षक हत्या काण्ड
के काे लागि थियो
आयाेत वैज्ञानिक समाजवाद
पुष्टि गर एकीकृत जनक्रान्ति
कमरेड वि काण्ड

सहिद परिवार सपना खाेजेर रुने
विप्लव चुनावमा जाने प्रस्ताव
अल्पमतमा पर्दा
सहयोग गर भन्दै समर्थक खाेजेर रुने
यि दुई प्रकारका आंशु
कसरी तुलना गर्छाै कमरेड
पार्टी विघटनको नजिक छ
कुम हल्लाउँदै निर्वाचन आयाेग धाउने
कमरेड वि काण्ड

लेनिन वादी संगठनात्मक सिद्धान्त
कहाँ हाेला निर्णय बिपरित हिड्ने
कुम हल्लाउँदै हिटलरि पारा देखाउने
फेरि पनि मुख छाेपेर
समाजवादको नारा देखाउने
आफैलाई हेर ऐनाले नाङ्गै भैसक्याै
कसले छाेपछर लाज तिम्रो
कमरेड वि काण्ड

एनसिएल काण्ड
अन्पुर्ण काण्ड
सँगै जाेडिएका
दर्जनौ काण्ड
आन्तरिक षड्यन्त्र
देख्यौ…..
सहयाेद्धा गिरफ्तार काण्ड
कसले गरायो ?
प्रमाण चाहिन्छ जनतालाई
संगठन सिद्धाउने
देश रित्ताउने
पार्टी टुक्राउने
छुट पाईन्छ र
कमरेड वि काण्ड ।

बाटो बदलेर
बाेलि फेरेर
सफाय दिदैन जन अदालतले
चुक्ता गर्नै पर्छ
सहिदको रगतको मुल्य
सजिलो छैन संसदवादी बन्न आंट नगर
बरु फर्किएर आउ जनतामाझ
कमरेड वि काण्ड ।

धान्न राेप्ने,मकै छर्ने
गहुँ काट्ने श्रम गर्ने
उत्पादन बढाउने
घर बनाउने
हतियारकाे धम्की दिने
दलाल हरु लुट्ने
दलालै बन्ने
क्या गजबको क्रान्ति
”कमरेड वि काण्ड ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित