कालीकोटमा उम्मेद्धार छान्न सकस,पालिका स्तरमा विवाद,वडामा अलपत्र

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचनको समय नजिकिदै जांदा उम्मेद्धारको रस्साकसि चल्न थालेको छ । सदरमुकाम मान्म बजारमा बाक्लो उपस्थिति हुन थालेको छ । नेता तथा कार्यक्रताहरुको व्यापक मात्रामा उपस्थिति रहेको छ भने उम्मेद्धारहरुको समेत लामो लाइन लाग्न थालेको छ ।

कालीकोटमा नेकपा(एमाले)ले भित्रि रुपमा सबै पालिकामा उम्मेद्धारको टुंगा्े लगाएर गाउँ केन्द्रित भएको छ भने अन्य दलहरुमा भने रस्साकसि चलिरहेको छ । एका तिर गठबन्धन र अर्काे तिर आन्तरिक कार्यक्रताहरुको उम्मेद्धारको छलफलमा नेताहरु जुटेको छन । नेकपा(माओवादी केन्द्र) कालीकोटले दुइ पालिकामा उम्मेद्धारको टुंगो लगाएको छ भने अन्य पालिकामा विवावदका बावजुद सिफारिस गरेको छ । तिलागुफा नगरपालिका र महाबै गाउँ पालिकामा सर्वसम्मत गरेको छ ।नरहरिनाथ गाउँ पालिकामा ३ जना अध्यक्ष र ३ जना उपाध्यक्षका लागि उम्मेद्धार सिफारिस गरेको छ भने पलांता गाउँ पालिकाले ५ जना अध्यक्ष र दुई जना उपाध्यक्षका लागि सिफारिस गरेको बताइएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिकाले ८ जना अध्यक्ष र ८ जना उपाध्यक्षका आंकाक्षि रहेको बताएको छ । सान्नित्रिवेणि गाउँ पालिकामा ७ जना अध्यक्ष र ४ जना उपाध्यक्षका लागि सिफारिस गरेको नेकपा(माओवादी केन्द्र) कालीकोटले जनाएको छ । जिल्ला समन्वय समिति कालीकोटका संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)ले सबै सिफारिसलाई प्रदेश कमिटिमा पठाउने बताउनु भएको छ । त्यसै गरी नेकपा(एकिकृत समाजवादी)कालीकोटले सबै पालिकाको उम्मेद्धार प्रदेश कार्यालयमा सिफारिस गरेको छ ।

नेपालि कांग्रेस कालीकोटले गठबन्धनको प्रक्रिया अनुसार अघि बढ्ने तरखरमा रहेको छ ।सबै पालिकामा पालिकाका उम्मेद्धारहरु छनोट गरेको छ भने गठबन्धन दलहरुमा सहमति के हुने र सोही अनुसार अघि बढ्ने जनाएको छ ।  जिल्ला स्थित गठबन्धन दलहरुको बसाईमा आ आफ्नो दावि गरेकाले निष्कर्ष हुन नसकेको हो ।

पछिल्लो चरणमा नेपालि कांग्रेसले ३ पालिका प्रमुख र ४ उपप्रमुख दिनु पर्ने दावि गरेको छ भने नेकपा(एकिकृत समाजवादी)ले २ प्रमुख र २ उपप्रमुख दावि गरेको छ भने नेकपा(माओवादी केन्द्र)ले ३ पालिका प्रमुख ३ उपप्रमुख पाउने देखिए पछि सहमति हुन नसकेको बताइएको छ । सहमतिका लागि अन्तिम सम्म प्रयास जारी हुने र अधिकतम लचकता अपनाउन आफ्नो पार्टी तयार रहेको नेकपा(माओवादी केन्द्र) कालीकोटका जिल्ला संयोजक लक्ष्मि चौलागाईले बताउनु भएको छ । वहाँका अनुसार २०७४ सालको स्थानिय तहको निर्वाचनमा ५ पालिका र १ उपाध्यक्ष जितेकाले ६ वटा पालिका प्रमुख आफ्नो पार्टीले पाउनु पर्ने दावि रहेको बताउनु भएको छ ।

कालीकोट जिल्लामा विप्लव नेतृत्वको नेकपा र नेकपा(एमाले) विच गठबन्धन हुने देखिएको छ । एक नेताका अनुसार आफुहरु विच छलफल जारी रहेको बताउदै सहकार्यका लागि सबै संग तयार रहेको विप्लव नेकपाका एक नेताले बताए र उनले अहिले नेकपा(एमाले) संग भन्ने कुरा निश्चित नभएको बताए । पालिकाका उम्मेद्धारका लागि नेताहरु जिल्ला सदरमुकाम आएपछि वडा स्तरमा उम्मेद्धार छान्न वेवास्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित